सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

लाभांश घाेषणाकाे तयारीले बढेको हो ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य?

images
मंगलबार, पुस ६ २०७८
images
लाभांश घाेषणाकाे तयारीले बढेको हो ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य?
images
images

काठमाडौं- ग्रीन डेभलपमेन्ट बैंकमा लगानीकर्ताहरूको आर्कषण बढेसँगै मंंगलबार १० प्रतिशतले सेयर मूल्य बढेको छ। 

images
images
images

गत वर्ष सेयर लगानीकर्तालाई निराश बनाएको बैंकले यसवर्ष भने आकर्षक लाभांश दिने चर्चा चलेसँगै सेयर मूल्य उचालिएको हो।

images
images

गत वर्ष ४ प्रतिशत मात्रै लाभांश दिएको बैंकले नाफामा उल्लेख्य वृद्धि गरेकोले पनि ८ देखि १० प्रतिशतसम्म लाभांश दिने चर्चा चलेको छ। सोहीकारण पनि बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। 

images
images
greeen.PNG

मंगलबार प्रतिकित्ता ३१ रुपैयाँले बढेर ३४१ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो ५२ हप्तामा अधिकतम ५३७.९ रुपैयाँमा कारोबार भएको थियो। न्यूनतम १२९ रुपैयाँमा कारोबार भएको थियो। बैंकको ४ हजार ८ सय ३४ कित्ता कारोबार भएको थियो। 

बैंकको ५१ लाख ९० हजार कित्ता नेप्सेमा सूचीकृत रहेको छ। भने ५१ करोड ९० लाख चुक्ता पुँजी रहेको कम्पनीको बजार मूल्यांकन १ अर्ब ७६ करोड ९७ लाख ९० हजार रुपैयाँ रहेको छ।  


प्रकाशित : मंगलबार, पुस ६ २०७८११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend