आइतबार, भदौ २३ गते २०८१    
images
images

कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराही सिमेन्टको घाटा ९ महिनामा ६४ करोड

images
मंगलबार, जेठ १ २०८१
images
images
कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराही सिमेन्टको घाटा ९ महिनामा ६४ करोड

आईपीओ जारी गर्ने समयमा कम मूल्यह्रास देखाएको यस कम्पनीले चालु आवमा भने निरन्तररुपमा मूल्यह्रास बापत बढी खर्च बुक गर्दै आएको छ।

images
images

काठमाडौं- प्रिमियममा सेयर जारी गर्नकै लागि सम्पत्ति तथा खानीको मूल्यांकन घटाएर मूल्यह्रास कम देखाउँदै नाफामा रहेको देखाएको घोराही सिमेन्ट उद्योग आईपीओ ल्याएको पहिलो वर्षकै तीन त्रैमासमा लगातार घाटामा गएको छ।

images
images
images

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४१ करोड ८४ लाख रूपैयाँ खुद घाटा रहेको यस कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण थप खराब आएको छ। तेस्रो त्रैमासमा घोराही सिमेन्ट उद्योगको खुद घाटा बढेर ६४ करोड २४ लाख रूपैयाँ पुगेको छ।

अघिल्लो त्रैमासको तुलनामा यस कम्पनीको घाटा करिब २२ करोड ४० लाख रूपैयाँले बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले आफ्नो ब्याज लागत र मूल्यह्रासको खर्च बढेको भन्दै घाटा बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो।

आईपीओ जारी गर्ने समयमा कम मूल्यह्रास देखाएको यस कम्पनीले चालु आर्थिक वर्ष भने निरन्तररुपमा मूल्यह्रास बापत बढी खर्च बुक गर्दै आएको छ।

images

गत वर्षको चैत मसान्तमा २३ करोड ८७ लाख रूपैयाँ मूल्यह्रासको रुपमा खर्च कट्टा गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २८ करोड ६९ लाख रूपैयाँ मूल्यह्रास बापत खर्च कट्टी गरेको छ।

गत चैत मसान्तको तुलनामा यस कम्पनीको ब्याज खर्चसमेत करिब ८ करोडले बढेको देखाएको छ। अघिल्लो चैत मसान्तसम्म ३३ करोड २७ लाख रूपैयाँ रहेको ब्याज खर्च चालु आर्थिक वर्षको सोही अवधिमा ४१ करोड ८५ लाख रूपैयाँ ब्याज खर्च भएको विवरण सार्वजनिक गरेको छ।

अर्थतन्त्रमा आएको संकुचनका कारण यस सिमेन्ट कम्पनीको आम्दानी गत वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्ष ३ अर्ब १३ करोड रूपैयाँ बराबरको कारोबार गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ८ करोड रूपैयाँको मात्रै कारोबार भएको जनाएको छ।

गत वर्षको तुलनामा कम्पनीले आफ्नो बिक्री खर्च बढेको देखाएको छ। गत वर्ष बिक्री खर्च २ अर्ब ४८ करोड रूपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ८१ करोड रूपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ।

चालु आर्थिक वर्ष उत्पादन घटेपनि कम्पनीले बिक्री खर्च र प्रशासनिक खर्च घटेको देखाउनुले यस पटक पनि वित्तीय विवरणमा कृत्रिम सजावट भएको तथ्य नकार्न सकिँदैन। 

तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले घोराही सिमेन्टले वित्तीय विवतरण कृत्रिम सजावटलाई बेवास्ता गर्दै प्रिमियम सेयर निष्कासन गर्न अनुमति दिएका थिए। 

उत्पादन तथा बिक्री घटेको समयमा यस कम्पनीले २२ करोड ५८ लाख रूपैयाँ प्रशासनिक खर्च रहेको उल्लेख गरेको छ। गत वर्षको यसै अवधिमा यस्तो खर्च १७ करोड ४४ लाख रूपैयाँ मात्रै रहेको थियो।

यद्यपी चैत मसान्तसम्म कम्पनीसँग २ अर्ब ३४ करोड रूपैयाँको मौज्दात रहेको देखाइएको छ। गत वर्ष यसै अवधिमा १ अर्ब ७९ करोड रूपैयाँ बराबरको बिक्री मौज्दात रहेको थियो।

निर्माण क्षेत्र मन्दीमा रहेको समयमा कम्पनीले उत्पादन बढाएर स्टक राख्ने तथ्यलाई मान्न सकिने अवस्था छैन। 

यस कम्पनीले बजारबाट उठ्न बाँकी रहेको रकम २ अर्ब १३ करोड रूपैयाँ देखाएको छ। गत वर्षको यसै अवधिमा १ अर्ब ९१ करोड रूपैयाँ बजारबाट रकम उठ्न बाँकी रहेको थियो।

वित्तीय विवरण अनुसार कम्पनीको आफ्नो सञ्चित नाफा २ अर्ब ७६ करोड रूपैयाँ र सेयर प्रिमियमबापत २ अर्ब ६५ करोड रूपैयाँ छ। यस अविधिमा कम्पनीले ८७ करोड ४९ लाख रूपैयाँ बिल तिर्न बाँकी रहेको सार्वजनिक विवरणमा छ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४.०७ रूपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २२०.५५ रूपैयाँ र  तरलता अनुपात ०.८ रहेको छ।

कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराहीमा बढ्दो वित्तीय संकट, ६ महिनामै ४१ करोड ८४ लाख रुपैयाँ घाटा कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराहीमा बढ्दो वित्तीय संकट, ६ महिनामै ४१ करोड ८४ लाख रुपैयाँ घाटा


प्रकाशित : मंगलबार, जेठ १ २०८११३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend