आइतबार, भदौ २३ गते २०८१    
images
images

पोखरामा आन्तरिक पर्यटकको चहलपहल  

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ६ २०७८
images
images
पोखरामा आन्तरिक पर्यटकको चहलपहल  

विदेशी पर्यटकको सरदर बसाइँ १३ दिन र दैनिक खर्च ५४ अमेरिकी डलर मात्र छ तर गण्डकी प्रदेशमा आउने विदेशी पर्यटकको बसाइँबारे यकिन तथ्याङ्क छैन।

images
images

पोखरा- लामो समयको कोरोना महामारीको सामना गरिरहेको पोखराको पर्यटन क्षेत्रले यतिबेला केही राहत महसुस गरेको छ। कोभिड- १९को खोपको सहजतासँगै सङ्क्रमणदर कम हुँदै गएपछि यहाँ आन्तरिक पर्यटक बढ्नाका साथै सभा सम्मेलनलगायत कार्यक्रम पनि बढ्दै गएको पाइएको छ।

images
images
images

कोरोनाका कारण लामो समयदेखि रोकिएका सभा,सम्मेलन, अधिवेशन, लोकसेवा आयोगका परीक्षा, अध्ययन, अवलोकन, भ्रमणलगायतको सुरुआतले यहाँको पर्यटनले गति लिन थालेको महसुस गरिएको हो।

केही समयअघि यहाँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन, नेकपा (माओवादी) केन्द्र गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भयो।त्यसैगरी लोकसेवामा आयोगका विभिन्न पदको परीक्षाका कारण साना ठूला होटलमा लामो समयपछि पाहुनाको चलहपहल देखिएको हो।  

यसलगत्तै पछिल्लो समय नेपाल जेसिसको राष्ट्रिय सम्मेलन, नेशनल लाइफ इस्योरेन्सको सम्मान कार्यक्रम पनि भयो। 

images

पर्यटकीय याम भएकाले विभिन्न जिल्लाका विद्यालय, कलेज र सहकारीबाट  दैनिक १०/१५ बस अध्ययन अवलोकनका लागिसमेत आउने गरेको पश्चिमाञ्चल होटल सङ्घ (हान)का अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उनले भने,'कोरोनाले थलिएको पर्यटनमा पछिल्लो समय पोखरा केन्द्रित विभिन्न कार्यक्रमले पर्यटन व्यावसायीमा राहत मिलेको छ।' पोखरामा करिब ७०० पर्यटकीयस्तरका होटलमा ३० हजारभन्दा बढी शैया छन्। 

अध्यक्ष सुवेदीका अनुसार  पछिल्लो १० दिनको बीचमा करिब दुई लाख आन्तरिक पर्यटक यहाँ आएका छन्। जसमा एक लाख तीन हजारले परीक्षा दिएको लोकसेवा आयोगको कार्यालयले जनाएको छ। सडक महोत्सवका कारण पनि पोखरामा आन्तरिक पर्यटकको सङ्ख्या थपिने उनको विश्वास छ। इस्वी सम्बतको नयाँ वर्षमा पोखरामा हुने सडक महोत्सवमा आउने पाहुना र लोकसेवाको परीक्षा दिने परीक्षार्थीलाई २० देखि ३० प्रतिशतसम्म विशेष सहुलियत दिइने व्यवस्था हानले गरेको पनि उनले जानकारी दिए। माउण्ट कैलाश होटलका सञ्चालक एवं २३औँ सडक महोत्सवका संयोजक नरेश भट्टराईले अहिले होटलमा आन्तरिक पर्यटकको आगमन निकै राम्रो भएको बताए।

'कोरोनाको सङ्क्रमण पछिको समयमा होटलका करिब सतप्रतिशत कोठा बुकिङ भए, पाहुनाको आगमन राम्रो भएको छ । यसले केही आशा जगाएको छ' उनले भने, 'अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा हुँदैआएको सडक महोत्सवले पनि पोखरामा आन्तरिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ। यहाँ पुस १५ गतेदेखि १७ गतेसम्म 'समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता' भन्ने नाराका साथ महोत्सव हुँदैछ।'

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाको न्यूनीकरणपछि यहाँ आन्तरिक पर्यटकको आगमनले व्यवसायीलाई उत्साह प्रदान गरेको बताए। 'अहिले विभिन्न कार्यक्रमले पर्यटन व्यवसायलाई आशलाग्दो बनाएको छ। मौसममा पनि सुधार हुन थालेकाले पर्यटकको बसाइँ पनि लम्बिएको छ।' उनले ओमिक्रोन भाइरस देखिएपछि फेरि पर्यटन ठप्प हुने हो कि भन्ने चिन्ता व्यवसायीमा देखिएको जनाउँदै सरकारले यसको नियन्त्रणका लागि पूर्वतयारी र पर्यटनमैत्री वातावरण निर्माणका लागि रणनीतिक योजना ल्याउन आवश्यक रहेको छ भने।

पर्यटन अर्थतन्त्रको बलियो आधार भएकाले विस्तारै लयमा फर्कन लागेको पर्यटनलाई गति दिन सरकारले पनि विशेष पहल थाल्नुपर्नेमा अध्यक्ष भट्टराईले जोड दिए।  नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले पर्यटनलाई समृद्धिको मुख्य आधार बनाउन कोभिड पछाडिको अवस्थालाई अध्ययन गरेर नयाँ सोच र खोजको आवश्यकता रहेको बताए।

अहिले आन्तरिक पर्यटकल गर्दा यहाँको पर्यटन केही चलायमान भए पनि ठूलो लगानी भएका पर्यटन क्षेत्रलाई विदेशी पर्यटक नै भित्र्याउनुपर्नु खाँचो रहेको र त्यसका लागि नीतिगत योजना आवश्यक रहने उनको भनाइ  थियो।  'अब विदेशी पर्यटकको सङ्ख्या कसरी बढाउने, पर्यटकको बसाइँ कसरी लम्ब्याउने, पर्यटन र उत्पादनलाई कसरी जोड्ने, पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन कसरी गर्नेलगायत विविध सवालको उत्तर खोजी गरेर पर्यटन प्रबद्र्धन कार्यक्रमको तर्जुमा आवश्यक देखिन्छ', पूर्वसदस्य सापकोटाले भने। 

उनका अनुसार पोखराको पर्यटनमा करिब चार खर्ब र  ५० हजारले रोजगार प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनपछि पोखरामा ‘माइस टुरिज्जम’ अझै बढ्ने र त्यसका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापना अपरिहार्य छ।

प्रदेशको नीति तथा योजना आयोगले २०७६ मा प्रकाशित गरेको प्रदेशको स्थितिपत्रानुसार विदेशी पर्यटकको सरदर बसाइँ १३ दिन र दैनिक खर्च ५४ अमेरिकी डलर मात्र छ तर गण्डकी प्रदेशमा आउने विदेशी पर्यटकको बसाइँबारे यकिन तथ्याङ्क छैन। पर्यटन व्यवसायीका अनुभवमा उनीहरूको पोखरा बसाइँ ४/५ दिनभन्दा बढी नभएको र दैनिक खर्च राष्ट्रियरुपमा विदेशी पर्यटकले गर्ने खर्च बराबर मात्र छ। रासस


प्रकाशित : मंगलबार, पुस ६ २०७८१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend