काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ।
मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार चारसय रूपैयाँ निर्धारण गरिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ७ सय ५० रूपैयाँ तोकिएको छ।
चाँदीको मूल्य आज तोलामा २५ रूपैयाँले बढेर प्रतितोला एक हजार सात सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।