बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

सुनिल पौडेलको भ्रष्टाचार र अकुतका सारथीमाथि राजस्व अनुसन्धानको छानबीन सुरु

images
बुधबार, जेठ २ २०८१
images
images
सुनिल पौडेलको भ्रष्टाचार र अकुतका सारथीमाथि राजस्व अनुसन्धानको छानबीन सुरु

सुनिल पौडेलले नेपालमा मिलेमतोमा ठेक्का दिने र त्यसबापत सिंगापुरमा घुस बुझ्ने गरेको अख्तियारकै आरोपत्रमा उल्लेख गरिएको छ। यसमा चारवटा कम्पनी पौडेलका मतियारका रुपमा देखिएका छन्।

images
images

काठमाडौं- अनियमितता र भ्रष्टाचारका श्रृंखलाबद्ध मुद्दा खेपिरहेका सुनिल पौडेलमाथि राजस्व अनुसन्धान विभागले पनि छानबीन अघि बढाएको छ। 

images
images

२० वर्षदेखि सरकारको प्रविधि खरिदमा हर्ताकर्ता भएर पछिल्लो समय नेपाल टेलिकमकको प्रबन्ध निर्देशक रहेका पौडेलमाथि अख्तियारले अकुतको मुद्दा दायर गरेको छ। सार्वजनिक पदमा बसेर स्रोत नखुलेको आम्दानी गरेको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ। 

images
images

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा नेसनल पेमेन्ट गेटवेको अनियमिततामा विशेष अदालतबाट दोषी ठहर भइसकेका पौडेलमाथि अख्तियारले अरु भ्रष्टाचारका विषयमा पनि अनुसन्धान गरिरहेको छ। अख्तियारसँगै अकुतको मुद्दामा राजस्वले पनि छानबीन अघि बढाएको छ। 

images
images

सुनिल पौडेलले नेपालमा मिलेमतोमा ठेक्का दिने र त्यसबापत सिंगापुरमा घुस बुझ्ने गरेको अख्तियारकै आरोपत्रमा उल्लेख गरिएको छ। यसमा चारवटा कम्पनी पौडेलका मतियारका रुपमा देखिएका छन्। 

अख्तियारले अनुसन्धान गरिसकेपछि राजस्व छली तथा विदेशी मुद्राको अपचलन, हुन्डीको जोखिम देखिएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको हो। नेपालमा हुने नाफालाई विदेशमै घुसबापत दिइ नाफा कम देखाएर करछली गरेको, नेपाली कम्पनीले विदेशमा भुक्तानी गरेको तथा नेपालमा रकम भित्र्याएको बारेमा अनुसन्धान केन्द्रित हुने भएको छ। 

सुनिलले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा १७ वर्ष बिताएका थिए। करारबाट सेवा प्रवेश गरेका सुनिल पछिल्लो समय कार्यकारी निर्देशक थिए।

२०७८ सालमा सरकारले उनलाई नेपाल टेलिकमको प्रबन्धक नियुक्त गरेको थियो। प्रत्येक सरकारी प्रविधिको खरिदसँग जोडिने केन्द्रमा हुँदा सुनिलले चलाएको भ्रष्टाचारको साम्राज्यको खुलासा हुँदै गरेको छ। पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलले गरेको भ्रष्टाचारलाई छाडेर अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको छ। 

सुनिल पौडेलले हालसम्म १ करोड १९ लाख आम्दानी गरेको तर उनको सम्पत्ति तथा खर्च गरेर कुल २४ करोड ९४ लाख रुपैयाँ देखिएको जनाउँदै २३ करोड ७५ लाख रुपैयाँको स्रोत नखुलेको दाबी गरेर अख्तियारले मुद्दा हालेको छ।

निश्चित कम्पनीसँग मिल्नेगरी मापदण्ड बनाउने र कोटेसन माग गर्ने र निश्चित कम्पनीलाई ठेक्का दिने, त्योबापत ती कम्पनीले पौडेलका दाइको नाममा सिंगापुरमा रकम जम्मा गरिदिने गरेको पाइएको अख्तियारकै अनुसन्धानबाट खुलेको छ। चारवटा नेपाली एजेन्ट र दुईवटा विदेशी कम्पनीसँग मात्र प्रविधिको खरिद गरिएको र उनीहरूले पौडेललाई सिंगापुरमा भुक्तानी गरेको पाइएको अख्तियारले दाबी गरेको छ। 

चारवटा कम्पनीसँग यस्तो मिलेमतो गरेर खरिद सम्झौता गरेको पाइएको छ। जसमा वर्ल्ड डिस्ट्रिब्युसन नेपाल, ओम्नी समूह, म्याक्स र नेक्स्टजेन सोलुसन रहेका छन्। यी चारवटा कम्पनी नै नेपालको प्रविधि खरिदको भ्रष्टाचारका साझेदार रहेका छन्। मिलेमतोमा ठेक्का लिने साथै कमसल र असुरक्षित प्रविधि दिएर नाफा कुम्ल्याउन यी कम्पनी साझेदार रहँदै आएका छन्। जुनसुकै खरिदमा पनि यी कम्पनी मुख्य रुपमा जोडिँदै आएका छन्। 

यसरी नेपालमा भएको मिलेमतोबापत सिंगापुरमा घुस भुक्तानी हुने गरेको र त्यहाँबाट सुनिल पौडेलका दाइ अनिल पौडेलका नाममा नेपालमा रकम भित्रिएको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ। 

यो प्रकरणमा जोडिएका मुख्य कम्पनी बलियो शक्ति केन्द्रसँग साँठगाँठ भएका मानिन्छन्। ओम्नी आफैमा उच्च राजनीतिक नेतृत्वसँग नेक्सस भएको कम्पनी हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विशेष सम्बध यो कम्पनीको छ। त्यस्तै म्याक्स पनि राजनीतिक नेतृत्वदेखि शक्तिकेन्द्रसम्मै पहुँच राख्ने कम्पनी हो। 

यसमा जोडिएको अर्को कम्पनी हो नेक्स्टजेन सोलुसन। यो कम्पनी अभिषेक श्रेष्ठको हो। उक्त कम्पनीसँग सुनिल पौडेलको निकटता कतिसम्म थियो भने नेपाल टेलिकमको प्रबन्धक हुँदासम्म इमेलको ठेक्का नै दिएका थिए। 

औचित्य नै नभएको ओपन सोर्स इमेल बनाएर उक्त कम्पनीलाई दिइएको थियो, त्यसबापत करोडौँ रुपैयाँ गएको थियो। अभिषेक श्रेष्ठ र पौडेलको निकटता सुरुवातदेखि नै रहेको जानकारहरू बताउँछन्।

पूर्वप्राधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेकले सन् २०१७ मा नेक्स्टजेन सोलुसन नामको कम्पनी स्थापना गरेका थिए, ठीक त्यही समयमा सुनिल सूचना प्रविधि केन्द्रको हर्ताकर्ता भएका थिए।

शक्तिशाली मान्छेहरू जोडिए पनि अनुसन्धान सुरू भएको तर सुरुदेखि नै दबाब आउन थालेको अधिकारीहरूले बताएका छन्। अनुसन्धानका लागि नेपाल राष्ट्र बैंक, सिंगापुरको सरकारलगायतसँग सहयोग खोज्ने तयारी विभागले गरेको छ। अख्तियारकै अनुसन्धानमा धेरै कुरा भएपनि थप अनुसन्धान त्यहीँबाट सुरू हुनेछ।


प्रकाशित : बुधबार, जेठ २ २०८१०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend