शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौं महानगर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३० २०८१
images
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौं महानगर

सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै काठमाडौं महानगर पालिकाले सहकारी ऐन जारी गरिसकेको थियो। काठमाडौं महानगर पालिकामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रुपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी बारबाही गर्ने जनाएको छ। 

images
images
images

हाल काठमाडौं महानगर पालिकामा ९ हजार ९ सय ५३ सहकारी सञ्चालनमा छन्। जसमध्ये ९ सय ५५ ले मात्रै नियमितरूपमा वार्षिक विवरण पेस गर्ने गरेका काठमाडौं महानगर पालिकाले जनाएको छ। 

images
images

काठमाडौं महानगर पालिका सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरी काम भइरहेको जानकारी दिए।

images
images

नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ।  प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटक-पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन सुरु गरिसकेको र अनुगमनको क्रममा दोषी ठहर भएकालाई कारबाही सुरु गर्ने तयारी विभागको रहेको छ। 

अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने सम्मको तयारी काठमाडौं महानगर पालिकाको छ।

संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भइ सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ।

सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै काठमाडौं महानगर पालिकाले सहकारी ऐन जारी गरिसकेको थियो। काठमाडौं महानगर पालिकामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन्।

काठमाडौं महानगर पालिकामा रहेको जम्मा सहकारीमध्ये एक हजार छ सय २८ वटा बचत तथा ऋण सहकारी, दुई सय ६४ वटा बहुउद्देश्यीय सहकारी, तीन वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, तीन वटा सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन्। सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका जम्मा एक/एक वटा सहकारी रहेका छन्। 


प्रकाशित : आइतबार, वैशाख ३० २०८११४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend