काठमाडौं- पछिल्लो समय मूल्यवृद्धिको रफ्तारमा ब्रेक लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला महिनाहरूमा उपभोक्ता मूल्यवृद्धि मत्थर हुँदै गएको देखिन्छ।
चैतमा गत वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धि ४.६१ प्रतिशतले बढेको छ। जुन पछिल्ला महिनाहरूमा निरन्तर घटिरहेको हो। गत वर्षको चैतमा मूल्यवृद्धि ७.७६ प्रतिशत रहेको थियो। यो वर्ष गत वर्षको तुलनामा मत्थर भएको छ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि उच्च देखिन्छ भने गैरखाद्य तथा सेवाको वृद्धिदर न्यून रहेको छ। नेपालको आन्तरिक कारणभन्दा पनि बाह्य कारणले मूल्यवृद्धि हुने भएकाले पछिल्लो समय नेपालमा वृद्धिदरको रफ्तार नियन्त्रण भएको छ।
नेपालको उपभोग्य खपत आयातमा आधारित रहेको छ। आयात भारतीय बजारमा निर्भर रहेको छ। भारतमा मूल्यवृद्धि उच्च हुँदा नेपालमा पनि वृद्धि हुने हुन्छ। पछिल्लो समय भारतीय बजारमा उपभोक्ता स्फ्रितिमा नियन्त्रण आएको एउटा प्रभाव देखिएको छ।
अर्कोतिर आयात नै निरन्तर नै घटिरहेका कारणले पनि यसको प्रभाव मूल्यवृद्धिमा देखिएको छ। बजारमा माग नै नबढेका कारणले मूल्यवृद्धि नियन्त्रणउन्मुख देखिएको छ।
चालु वर्षको नौ महिनाको औसत वृद्धिदर ५.९२ प्रतिशतमा सीमित भएको छ।