शनिबार, असोज ५ गते २०८१    
images
images

एमसीसी पारित गरेर कार्यान्वयन गर्नु सरकारको दायित्व हो: गृहमन्त्री खाँण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ६ २०७८
images
images
एमसीसी पारित गरेर कार्यान्वयन गर्नु सरकारको दायित्व हो: गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे। 

images
images

जनकपुर- गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन्। 

images
images
images

मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताए। उनले  एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए। 

'एमसीसी पूर्ववर्ति सरकारहरुको पालोमै अगाडी बढेको हो । यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडी बढाएको हो । नेपाल सरकार र एमसीसी परियोजनाको बिचमा धेरै वर्ष अगाडी नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो' उनले भने। 

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे। 

images

सरकारले नेपालको विद्युतिकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए। 

'एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्र्तगत नेपाल सरकारले विद्युतिकरण र विद्युतिकरणको पनि ट्रान्समिशन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । र त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो । यो निशर्त अनुदान हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होईन, अनुदानमा हो । दलहरुको बिचमा छलफल भइराख्या छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडी बढ्छ' उनले भने। 

उनले एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने बताए। 


प्रकाशित : मंगलबार, पुस ६ २०७८०७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend