काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार लागि भने १ लाख ३८ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
त्यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भएकामा आज आइतबारका लागि भने १ लाख ३७ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १ हजार ६ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय २५ रुपैयाँ निर्धारण भएको छ।