शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

'एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै'

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २९ २०८१
images
images
'एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै'
तस्बिर : गेटी इमेज

जनवरीको एएनयुपोलमा सहभागीहरूमध्ये ६२ प्रतिशतले आर्थिक दबाबको प्रतिक्रियामा किराना र आवश्यक वस्तुहरूमा कम खर्च गरिरहेका र ५० प्रतिशतले प्रमुख खरिदहरू स्थगित गरेको बताएका छन्।

images
images

काठमाडौं- एक तिहाइभन्दा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणले देखाएको छ।

images
images

अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) का शोधकर्ताहरूले बुधबार एएनयुपोलको प्रकाशित गरेको पछिल्लो संस्करणको नतिजाले सन् २००८ देखि अस्ट्रेलियालीको विचारमाथि पछ्याउँदै आएको छ।

images
images

यसले जनवरीसम्म चार हजारभन्दा बढी उत्तरदातामध्ये ३४ दशमलव दुई प्रतिशतलाई आफ्नो हालको आम्दानीबाट गुजारा चलाउन गाह्रो वा धेरै गाह्रो भएको फेला पारेको सिन्ह्वाले जनाएको छ।

images
images
images

प्रतिवेदनका प्रमुख लेखक तथा एएनयुको स्कूल अफ पोलिटिक्स एन्ड इन्टरनेशनल रिलेसन्सका प्रमुख निकोलस बिडलले मिडिया विज्ञप्तिमा सन् २०२० फेब्रुअरीपछिको सर्वेक्षणले मापन गरेको वित्तीय तनावको उच्चतम दर भएको बताए। 

जनवरीको एएनयुपोलमा सहभागीहरूमध्ये ६२ प्रतिशतले आर्थिक दबाबको प्रतिक्रियामा किराना र आवश्यक वस्तुहरूमा कम खर्च गरिरहेका र ५० प्रतिशतले प्रमुख खरिदहरू स्थगित गरेको बताएका छन्।

'यो वित्तीय तनावलाई हेर्दा सम्भवतः मुलुकको दिशालाई लिएर सन्तुष्टिमा कमी आउनु आश्चर्यजनक होइन', बिडलले भने, 'यो घटेर करिब ६२ प्रतिशत भएको छ, यो सन् २०२३ देखि करिब १० प्रतिशतले कम हो।'

एकदेखि १० सम्मको स्केलमा आफ्नो जीवनसँग सन्तुष्टिको मूल्यांकन गर्न प्रश्न गर्दा उत्तरदाताहरूले ६.५५ को औसत जवाफ दिएका छन्। यो सन् २०१९, २०२० र २०२३ को औसत रेटिङभन्दा कम हो। 

बिडलले यो तथ्यांक कोभिड-१९ को महामारीका बेला ठूलो जनसङ्ख्या बन्दाबन्दीमा रहेको बेला गरिएको सर्वेक्षणको नतिजासँग बराबर भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ।

जनवरीको सर्वेक्षणले अस्ट्रेलियाको आवास बजारमा विशेष ध्यान केन्द्रित गरेको र भाडा वा ऋण भुक्तानीमा पछाडि परेका जनसङ्ख्याको अनुपात अप्रिल सन् २०१७ को दुई दशमलव दुई प्रतिशतबाट चार दशमलव आठ प्रतिशतमा दोबरभन्दा बढी भएको फेला पारेको थियो।


प्रकाशित : शनिबार, वैशाख २९ २०८११२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend