आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

व्यास नगरका एक सयजना किसानलाई पशुपालन तालिम

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २९ २०८१
images
व्यास नगरका एक सयजना किसानलाई पशुपालन तालिम

करिब १८ वर्षदेखि कोषले प्राङ्गारिक खेती प्रवर्द्धनको लागि विभिन्न कृषक समूह र सहकारीलाई तालिम दिँदै आएको छ।

images
images

तनहुँ- व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ। 

images
images
images

गोवद्र्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन्।

images
images

तालिममा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा राजेशकुमार चौधरी, व्यास नगरपालिका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा मनोज विश्वकर्मा र पशु चिकित्सक डा सञ्जय श्रेष्ठले बाख्रा, गाईभैँसी, पशु चौपायालगायत पशुपालनको बारेमा ख्याल गर्नुपर्ने पक्ष र अनुदानको बारेमा र व्यास नगरपालिका कृषि शाखा प्रमुख प्रतिभा बगाले, कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले कृषि बालीमा ख्याल गर्नुपर्ने पक्ष, शत्रुजीव र मित्रुजीवको पहिचान र वन क्षेत्रको विकास र संरक्षणको बारेमा नारायण कोइरालाले सहजीकरण गर्नुभएको स्मृति कोषले जनाएको छ। पचास–पचास जनाको समूह बनाएर तालिम दिइएको हो। 

images
images

व्यास नगरपालिका क्षेत्रका अगुवा कृषकलाई सङ्गठित गरी आफूहरुले सीप हस्तान्तरण गर्न तालिम दिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। व्यास नगरपालिका क्षेत्रलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन आफूहरु जुटेकोसमेत नगरप्रमुख न्यौपानेले बताए। 

करिब १८ वर्षदेखि कोषले प्राङ्गारिक खेती प्रवर्द्धनको लागि विभिन्न कृषक समूह र सहकारीलाई तालिम दिँदै आएको कोषका महासचिव रामचन्द्र पोखरेलले बताए। रासस


प्रकाशित : शनिबार, वैशाख २९ २०८११०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend