मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

अमेरिका पठाइदिने भन्दै साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
images
images
अमेरिका पठाइदिने भन्दै साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

ती व्यक्तिहरुले आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक-पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यामा पुर्‍याएका थिए।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग ५ करोड ५० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज शुक्रबार सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस-१ घर भइ हाल काठमाडौं गोकर्णेश्वर-५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा तथा सन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर-५ जोरपाटी बस्ने १९ वर्षीया निमा शेर्पा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

images
images

उनका अनुसार पक्राउ परेकाहरुले वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडालगायतका देशहरुमा पठाइदिन्छौँ भनि विभिन्न तवरले विश्वास दिलाई विभिन्न व्यक्तिको राहदानी, फोटो, प्रहरी प्रतिवेदन, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कोड, पहेंलो ज्वरो कार्ड समेतका कागजातहरु लिएर विभिन्न शीर्षकमा रकम ठगी गरेका थिए। 

images
images
images

ती व्यक्तिहरुले आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक-पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यामा पुर्‍याएका थिए।

पक्राउ परेकाहरुलाई मानव तस्करी गरी ठगी गरेको अपराधमा थप आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend