काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ। सोमबार ९३ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९३ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। मंगलबारका लागि चाँदीकको मूल्य १२ सय ३५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।