शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

भैँसेपाटीमा सडककिनारको रुखको हाँगो काट्दा पाँच हजार रुपैयाँ जरिबाना

images
शुक्रबार, वैशाख २८ २०८१
images
images
भैँसेपाटीमा सडककिनारको रुखको हाँगो काट्दा पाँच हजार रुपैयाँ जरिबाना
तस्बिर : नेपाल फोटो लाइब्रेरी

महानगरले केही दिनअघिमात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ।

images
images

ललितपुर- ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई सडक छेउमा रोपेको रुखको हाँगो काटेबापत पाँच हजार जरिबाना तिराएको छ। 

images
images
images

महानगर प्रहरी गस्ति हिँडिरहेको अवस्थामा रुखको हाँगो काटेर बाख्रालाई खुवाएको देखेपछि जरिबाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए। 

images

'रुखको हाँगा काटेर जरिबाना तिराएको सायद नेपालमै पहिलो होला', उनले भने 'ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरु ठाउमा पनि काट्न नदिन सचेत मात्र गराएका हौँ।' 

images

महानगरले केही दिनअघिमात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ।

jariwana (2).jpg
jariwana (1).jpg


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend