मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
images
images
एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

चाँदी बिहिबार प्रतितोला १ हजार ६ सय ८५ मा कारोबार भएकामा आज शुक्रबारका लागि भने १ हजार ७ सय ३५ रुपैयाँ निर्धारण भएको जनाइएको छ।

images
images

काठमाडौं- स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ।

images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आजका लागि भने छापावाला सुन तोलामा १ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ।

images
images

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार ९ सय ५० मा कारोबार भएको थियो। आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ।

images
images
images

यसैगरी, चाँदी भने तोलामा ५० ले बृद्धि भएको छ। बिहिबार प्रतितोला १ हजार ६ सय ८५ मा कारोबार भएकामा आज शुक्रबारका लागि भने १ हजार ७ सय ३५ रुपैयाँ निर्धारण भएको जनाइएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८१११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend