शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा स्वीस सरकारको सहयोग

images
बिहीबार , वैशाख २७ २०८१
images
कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा स्वीस सरकारको सहयोग
फाइल तस्बिर

सन् २०२८ सम्म सञ्चालन हुने सो परियोजनाबाट कोशी प्रदेशका २९ स्थानीय तहका करिब एक लाख स्थानीयले प्रत्यक्ष लाभ लिने विश्वास गरिएको छ।

images
images

काठमाडौं- पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९.०१ मिलियन स्वीसफ्रयांक आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

images
images
images

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्यूलीले सहयोग सम्झौतामा हस्ताक्षर गरे।

images
images

उक्त परियोजना यही वर्ष (सन् २०२४) देखि कार्यान्वयन हुनेछ।

images
images

सन् २०२८ सम्म सञ्चालन हुने सो परियोजनाबाट कोशी प्रदेशका २९ स्थानीय तहका करिब एक लाख स्थानीयले प्रत्यक्ष लाभ लिने विश्वास गरिएको अर्थ मन्त्रालयले जनाएको छ। 

परियोजनाको कार्यान्वयनबाट स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा दिगो पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सो अवसरमा राजदूत म्यूलीले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने परियोजनाले कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे। परियोजना कार्यान्वयनमा आएसँगै वातावरणमन्त्रै सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक सहयोग आर्थिक समन्वय महाशाखाका प्रमुख नेपालले कोशी प्रदेशको पर्यटन क्षमता अभिवृद्धि गर्ने र यसबाट पर्यापर्यटनको प्रवर्द्धन गर्दै स्थानीय जनताको आयस्रोतमा वृद्धि गर्ने बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend