शनिबार, असोज ५ गते २०८१    
images
images
उधारोमा आयात बन्द

कारदेखि तास आयातमा नगद मार्जिन हुनुपर्ने, चिनीदेखि रक्सीसम्मको आयात प्रभावित हुने

images
सोमबार, पुस ५ २०७८
images
images
कारदेखि तास आयातमा नगद मार्जिन हुनुपर्ने, चिनीदेखि रक्सीसम्मको आयात प्रभावित हुने

आयातकर्ताहरूले बैंकबाट एलसी खोल्दै उधारोमा सामान ल्याउने र बेचेर पैसा तिर्ने गरेकोमा अब २० किसिमका वस्तु उधारोमा किन्न पाइँदैन। 'नेपाल असफल राष्ट्र भएको प्रमाण आज दिएको छ,' सवारी साधन आयात गरिरहेका एक व्यवसायीले भने।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले २० किसिमका वस्तुको आयातमा अनिवार्य नगद मार्जिन (उधारोमा आयात गर्न नपाइने) व्यवस्था गरेको छ। विदेशी मुद्रा सञ्चितिमा गम्भीर प्रभाव पर्न थालेपछि यो व्यवस्था गरिएको हो।

images
images
images

राष्ट्र बैंकको परिपत्रअनुसार नधुल्याइएको वा धुल्याइएको ल्वाङ आयात उधारोमा गर्न पाइँदैन। त्यसैगरी चिनी र चिनीबाट बनेका पदार्थ, पेय पदार्थ स्पिरिट र भेनेगर तथा मुर्ति र मुर्तिका प्रतिस्थापक आयातमा पनि अब उधारो सुविधा पाइँदैन।

आयातकर्ताहरूले बैंकबाट एलसी खोल्दै उधारोमा सामान ल्याउने र बेचेर पैसा तिर्ने गरेकोमा अब २० किसिमका वस्तु उधारोमा किन्न पाइँदैन। 'नेपाल असफल राष्ट्र भएको प्रमाण आज दिएको छ,' सवारी साधन आयात गरिरहेका एक व्यवसायीले भने।

राष्ट्र बैंकका अनुसार मेक अपका सामान, पर्फ्युम, स्याम्यु र कपाल रंग्याउने सामान पनि उधारोमा किन्न पाइँदैन। काठ र काठबाट बनेका सामान आयात गर्न पनि शत प्रतिशत नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरिएको छ।

images

जुत्ता चप्पल, टोपी, छाता, वाकिङ स्टिक, घोडचढीको चाबुक आयातमा पनि नगद मार्जिन अनिवार्य गरिएको छ। तयार गरिएका प्वाँख, भुवा र कृत्रिम फूल तथा रौँबाट बनेका सामान, पत्थर, प्लास्टर र सिमेन्टबाट बनेका सामान, सेरामिक्स, काँच र कँचबाट बनेका सामान आयातमा पनि नगद मार्जिन अनिवार्य गरिएको छश्र

यसैगरी कार तथा मोटरसाइकलमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्छ भने विद्युतीय सवारीमा यो व्यवस्था लागू हुँदैन। 

धातुका फर्निचर र खेल्ने तास आयातमा पनि पूर्णरूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ।


प्रकाशित : सोमबार, पुस ५ २०७८१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend