सोमबार, जेठ ७ गते २०८१    
images
images

रोजगारीका लागि क्यानडा र यूके पठाइदिने भन्दै ४५ लाख ठगी गर्नेलाई प्रहरीले गर्‍यो सार्वजनिक

images
बिहीबार , वैशाख २७ २०८१
images
images
रोजगारीका लागि क्यानडा र यूके पठाइदिने भन्दै ४५ लाख ठगी गर्नेलाई प्रहरीले गर्‍यो सार्वजनिक

आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४५ लाखभन्दा बढी ठगी गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाइ विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका-८ घर भइ काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images

उनका अनुसार पक्राउमध्ये वकिलबहादुर आलेले क्यानडा पठाइदिने भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ तथा धर्मेन्द्रले यूके पठाइदिने भन्दै दुई जना पीडितहरुबाट नौ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ।

images
images

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वकिलबहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका-६ बाट र धर्मेन्द्रलाई गोंगबुबाट पक्राउ गरेको प्रवक्ता रेग्मीले बताए।

images
images

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१०५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend