शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

बाल संगठनका पूर्वपदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

images
बिहीबार , वैशाख २७ २०८१
images
बाल संगठनका पूर्वपदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएको बताइएको छ।

images
images

काठमाडौं- काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

images
images
images

सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

images
images

उनले भने, 'बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौँ।' अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको सीआईबीले जनाएको छ।

images
images

सीआईबीमा बिहीबार बाल सङगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी परेको प्रवक्ता बोगटीले बताए।

नेपाल बाल सङगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले विसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभइ नवीकरण गरेको भन्ने आरोप लागेको छ।

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक एक करोड नौ लाख रूपैयाँ तिर्नेगरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएको बताइएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend