काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि विद्युतीय बाहेकका सवारी साधन आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।
सोमबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले उधारोमा गाडी आयात गर्न नपाइने व्यवस्था गरेको हो। यो व्यवस्था पूर्णरूपमा विद्युतीय सवारी साधनमा भने लागू नहुने राष्ट्र बैंकको भनाइ छ।
यसैगरी रक्सी पनि उधारोमा आयात गर्न नपाइने व्यवस्था गरिएको छ। पेय पदार्थ हार्मोनाइज्ड सिस्टमिक कोड २२ मा पर्छ। यसअन्तर्गत औषधीको कच्चा पदार्थबाहेकका रक्सीको आयातमा पनि पूर्णरूपमा नगद राख्नुपर्ने व्यवस्था गरिएको छ।