मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

बाँकेको रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गरिँदै

images
बिहीबार , वैशाख २७ २०८१
images
images
बाँकेको रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गरिँदै

रझेनामा कोहलपुर बृहत् सहरी खानेपानीको पहुँच नपुगेकाले हाल स्थानीयले इनार, ट्युबेललगायतको पानी खाने गरेका छन्।

images
images

बाँके- परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका-६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ।

images
images

गाउँमै पानी परीक्षण शिविर राखेर खानेपानीको गुणस्तर जाँच गर्न थालिएको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले बताए। उनका अनुसार कोहलपुरवासीलाई स्वच्छ र सफा खानेपानी पुर्याउन स्थानीय सरकारले विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ।

images
images

'प्रदेश र संघीय सरकारले पनि अहिलेदेखि नै यस विषयमा ध्यान दिनुपर्दछ, गर्मी समयमा कोहलपुरमा पानी आउन छाडिसक्यो, खानेपानीको माग बढ्दै जाँदा केही समयपछि खानेपानीको समस्या धेरै हुनसक्छ', नगरप्रमुख आचार्यले भने, 'यसको समाधानका लागि अहिलेदेखि नै सबै लागेका हौँ।'

images
images
images

‘समयमै खानेपानी परीक्षण गराऔँ, पानीजन्य सरुवा रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथै शिविरको आयोजना गरिएको उनले जानकारी दिए। रझेनामा कोहलपुर बृहत् सहरी खानेपानीको पहुँच नपुगेकाले हाल स्थानीयले इनार, ट्युबेललगायतको पानी खाने गरेका वडाध्यक्ष श्रीकृष्ण थारूले बताए।

बुधबारदेखि सुरु भएको शिविरको पहिलो दिन ६४ घरको खानेपानीको नमूना संकलन गरिएको बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव गोविन्द वाग्लेले जानकारी दिए। उनका अनुसार दुई सयवटा खानेपानीका नमूना संकलन गर्ने लक्ष्य लिइएको छ। 'रभेना गाउँबाट लिइएको खानेपानीका १५/१६ प्रकारका परीक्षण हुनेछन्', वाग्लेले भने, 'अहिलेलाई पहिला खानेपानीका नमूना संकलन गरिरहेका छौँ। त्यसको रिपोर्ट केही दिनमा आउँछ।'

उनका अनुसार शिविरबाट संकलन गरिएका खानेपानीको नमूनामा टीडीएस, कडापन, इसी, एमोनिया, क्यालिसियम, पीएच, धमिलोपना, क्लोराइड, नाइट्रेट इ-कोली, आर्सेनिक, तापक्रम, फोस्फेट, फलाम, कालीफर्मलगायत परीक्षण गरिनेछ। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend