मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

बागमती प्रदेशको बजेट खर्च न्यून, चालु आवको १० महिना सकिनै लाग्दा ३८ प्रतिशतमात्रै खर्च

images
बिहीबार , वैशाख २७ २०८१
images
images
बागमती प्रदेशको बजेट खर्च न्यून, चालु आवको १० महिना सकिनै लाग्दा ३८ प्रतिशतमात्रै खर्च

प्रदेश सरकारका विभिन्न मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म कुल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत अर्थात् २४ अर्ब ४० करोड ७८ लाख रूपैयाँ मात्र खर्च गरेका छन्।

images
images

बागमती- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कुल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ।

images
images

चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका मन्त्रालयको बजेट खर्च न्यून देखिएको हो।

images
images

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडा मकवानपुरका अनुसार प्रदेश सरकारको विभिन्न मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म कुल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत अर्थात् २४ अर्ब ४० करोड ७८ लाख रूपैयाँ मात्र खर्च गरेको छ।

images
images
images

सो अवधिमा प्रदेश सरकारको मन्त्रालयहरुले चालुतर्फ ११ अर्ब ४१ करोड ५२ लाख रूपैयाँ तथा पुँजीगततर्फ १२ अर्ब ९९ करोड २५ लाख रूपैयाँ बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आठ अर्ब ६९ करोड ८९ लाख रूपैयाँ बजेट खर्च गरेको छ। यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले दुई अर्ब ८६ करोड, स्वास्थ्य मन्त्रालयले एक अर्ब ८६ करोड, सामाजिक विकास मन्त्रालयले एक अर्ब ६९ करोड रूपैयाँ बजेट खर्च गरेको छ। 

यस्तै वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब २३ करोड २९ लाख, कृषि तथा पशुपक्षी मन्त्रालयले ८१ करोड नौ लाख, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ६३ करोड ३६ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १९ करोड ६५ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७ करोड ४८ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयले नौ करोड ५४ लाख रूपैयाँ खर्च गरेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले जानकारी दिए।

त्यस्तै प्रदेशसभा सचिवालयले १४ करोड ५६ लाख बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ४२ करोड १२ लाख, पुँजीगततर्फ ३५ अर्ब ७८ करोड ७८ लाख र वित्तिय व्यवस्थापनतर्फ ५० करोड गरी ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend