शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

सडक ढलानमा भ्रष्टाचार, जलेश्वर नगरपालिकाका नगरप्रमुखसहित १२ जनाविरुद्ध मुद्दा दायर

images
बिहीबार , वैशाख २७ २०८१
images
सडक ढलानमा भ्रष्टाचार, जलेश्वर नगरपालिकाका नगरप्रमुखसहित १२ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले नगर प्रमुख सोनारविरुद्ध पाँच लाख ८४ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाट बजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

images
images
images

जलेश्वर नगरपालिकाबाट आर्थिक वर्ष २०७९/८० मा सञ्चालित योजनामा वास्तविक भए गरेको कामभन्दा बढी कार्य गरेको भनी नक्कली विवरण खडा गरेर भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

images
images

अख्तियारले नगर प्रमुख सोनारविरुद्ध पाँच लाख ८४ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

images
images

यस्तै आयोगले जलेश्वर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धीरेन्द्र झाविरुद्ध पनि समान बिगो माग दाबी गरेको छ। नगरपालिकाका वरिष्ठ इञ्जिनियर पवनकुमार झा, इञ्जिनियर राकेशकुमार चौधरी र सबइञ्जिनियर दिपेशकुमार साहविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ।

आयोगले नगरपालिकाका उपप्रमुख रौशन खातुन, सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिका-१ का वडाध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरुद्ध पनि समान बिगो बराबरको माग दाबी गरिएको छ।

आयोगले कसुरअनुसार, कारबाहीको माग दाबी गर्दै आज मुद्दा दर्ता गरेको प्रवक्ता घिमिरेले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend