मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

विश्वप्रसिद्ध ताज ग्रुपसँग चौधरी ग्रुपको नयाँ साझेदारी, 'एक्यम' नामको संयुक्त भेन्चरको सुरुवात

images
बिहीबार , वैशाख २७ २०८१
images
images
विश्वप्रसिद्ध ताज ग्रुपसँग चौधरी ग्रुपको नयाँ साझेदारी, 'एक्यम' नामको संयुक्त भेन्चरको सुरुवात

ताज ग्रुपसँगको सहकार्यमा नेपालमा अहिले तीन वटा होटल सञ्चालनमा छन् भने थप तीन वटा होटललाई पनि ताजमा रुपान्तरण गर्ने गरी निर्माणको कार्य भइरहेको सीजी हस्पिटालिटीले जनाएको छ।

images
images

काठमाडौं- चौधरी ग्रुपले नेपालको हस्पिटालिटी उद्योगलाई थप उचाइ दिन विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर 'एक्यम' नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ।

images
images

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बइमा भव्य कार्यक्रमकाबीच ताजसँगको बृहत् साझेदारीमा हस्ताक्षर गरेका छन्। 

images
images

ताज ग्रुपसँगको सहकार्यमा नेपालमा अहिले तीन वटा होटल सञ्चालनमा छन् भने थप तीन वटा होटललाई पनि ताजमा रुपान्तरण गर्ने गरी निर्माणको कार्य भइरहेको चौधरी ग्रुपले जनाएको छ। ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपको विश्वास छ।

images
images
images

चौधरी ग्रुपका अनुसार काठमाडौंको भिभान्ता, भरतपुरमा रहेको मेघौली सेराइ र भरतपुरमा रहेको भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यकै रुपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने कुरामा पनि सहमति भएको छ। 'एक्यम' प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिने वातावरण बनेको छ।

हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपले सहकार्य गर्दै आएको छ। चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूलाठूला कम्पनीसँग मिलेर नेपालको बृहत् आर्थिक गतिविधिमा केन्द्रित हुँदै आएको जनाएको छ। जसको पछिल्लो उदाहरण, नेपालमै हिरोको एसेम्बल प्लान्ट स्थापना भएको कामबाट प्रष्ट हुन्छ।

केही समयअघि अडानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहार राज्यमा निर्यातको कामको सुरुवात भइसकेको कम्पनीले जनाएको छ। यो कार्यलाई निरन्तरता दिँदै आइएको जनाएको छ।

'हामी भारतको प्रख्यात टाटा ग्रुपसँग दशकौँदेखि सहकार्य गर्दै आएका छौँ। आगामी दिनमा थप विश्वविख्यात लगानीकर्ताहरुसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउने छौँ। यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने हाम्रो विश्वास छ,' सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, 'ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महत्वपूर्ण छ।'

विश्वव्यापी स्थापित ताजसँगको सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा ठूलो योगदान पुगेको प्रबन्ध निर्देशक चौधरीले बताए। 'नेपालको पर्यटन क्षेत्र र हस्पिटालिटीमा यसले विश्वव्यापीरुपमै राम्रो सन्देश जानेछ। हामी यो समूहसँग मिलेर काम गर्दैछौं। यसको फाइदा नेपाल र नेपालीलाई पुग्ने हाम्रो विश्वास छ,' उनले भने।

चौधरी ग्रुपले भारतको चर्चित ब्राण्ड गोदरेज, इफ्‌को र केन्टसँग पनि सहकार्य गर्दै आएको छ।


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend