सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

गोर्खाज फाइनान्सको १८० रुपैयाँ सेयर मूल्यबाट १५०० सम्मको यात्रा, ५ वर्षपछि सेयरधनीलाई लाभांशकाे आश

images
मंगलबार, पुस ६ २०७८
images
गोर्खाज फाइनान्सको १८० रुपैयाँ सेयर मूल्यबाट १५०० सम्मको यात्रा, ५ वर्षपछि सेयरधनीलाई लाभांशकाे आश
images
images

काठमाडौं- गोर्खाज फाइनान्सले सेयरधनीलाई पाँच वर्षपछि लाभांश दिने हल्ला चलेसँगै सेयर कारोबारमा व्यापक उतारचढाव भएको छ। नेप्से परिसूचक १७.९३ अंकले घटेको भए पनि गोर्खाज फाइनान्सको सेयर भने १० प्रतिशतले बढेको छ। सोमबार १०१५.३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। 

images
images
images

सोमवार ९२.३० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य बढेको छ। २ लाख २७ हजार १४३ कित्ता सेयर खरिद विक्री भएको थियो। 

images
images

पछिल्लो ५२ हप्तामा फाइनान्सको सेयर धेरै उतारचढाव भएको छ।

images
images

खासै नाफा नकमाएको र लाभांश समेत नदिएको कम्पनीमा पछिल्लो समय लगानीकर्ता झुम्मिएका छन्। खासगरी फाइनान्सले आर्थिक वर्ष २०७१/७२ यता लाभांश दिएको छैन। २०७१/७२ मा फाइनान्सले सेयरधनीलाई ७ प्रतिशत मात्रै लाभांश दिएको थियो। 

गत वर्ष र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने फाइन्नान्सले नाफामा उल्लेख्य सुधार गरेको छ। चालु वर्षको पहिलो तीन महिनामा भने १६ करोड ५० लाख नाफा कमाइसकेको छ। भने प्रतिसेयर आम्दानी समेत ९ रुपैयाँ पुर्‍याएको छ। तर पनि ५२ हप्ता अगाडि १८० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको फाइन्नासको सेयर मूल्य १५०० सम्म पुगेको थियो। पछि केही घटेर ८ सय सम्म आएको सेयर मूल्य पछिल्लो केही दिन देखि फेरि बढाइरहेका छन्। 

gorkha 1.PNG

८६ लाख ७९ हजार ९३७ कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ। फाइनान्सको चुक्तापुँजी ८६ करोड ७९ लाख ९३ हजार ७०० रुपैयाँ रहेको छ। भने बजार मूल्यांकन ८ अर्ब ८१ करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ। 

फाइनान्सका जनताको ३४ लाख ७१ हजार ९७४ कित्ता साधारण सेयर आईपीओ जारी गरेको थियो। भने ५२ लाख ७९ हजार ६३ कित्ता भने संस्थापक सेयर लगानीकर्ताको हिस्सा रहेको छ। 


प्रकाशित : मंगलबार, पुस ६ २०७८०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend