मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

यातायात कार्यालय धनगढीले चालु आवको हालसम्म उठायो ५१ करोड ७८ लाख राजस्व

images
बिहीबार , वैशाख २७ २०८१
images
images
यातायात कार्यालय धनगढीले चालु आवको हालसम्म उठायो ५१ करोड ७८ लाख राजस्व

कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी ४० करोड २८ लाख ५२ हजार एक सय ७३ रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

कैलाली- यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images

यातायात कार्यालयले चालु आव २०८०/८१ को हालसम्म विभिन्न राजस्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार ३९१ रूपैयाँ राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए।

images
images

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी ४० करोड २८ लाख ५२ हजार एक सय ७३ रूपैयाँ राजस्व संकलन गरेको छ। सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार नौ सय आठ रूपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट ८३ लाख ५७ हजार ८५ रूपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ४५ लाख छ हजार पाँच सय २५ रूपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम एक लाख १८ हजार आठ सय रूपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए। त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजस्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ रूपैयाँ राजस्व संकलन गरेको उनले बताए।

जसअन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी ४७ करोड १७ लाख ७२ हजार एक सय ४४ रूपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट २० हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १५ करोड ४२ लाख ७६ हजार सात सय २५ रूपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट एक करोड २२ लाख छ हजार ५० रूपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट नौ लाख ९२ हजार १५ रूपैयाँ राजस्व संकलन गरेको छ।

यस आर्थिक वर्षमा बेरुजु रकम एक लाख ६३ हजार चार सय ८० रूपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए।

यस्तै कार्यालयले आर्थिक बर्ष २०७८/७९ मा विभिन्न राजस्व शीर्षकबाट ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ रूपैयाँ राजस्व संकलन गरेको जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend