सोमबार, जेठ ७ गते २०८१    
images
images

बगरमा फलाएको खरबुजा राजमार्गमा ल्याएर बिक्री, दैनिक राम्रो छ आम्दानी

images
बिहीबार , वैशाख २७ २०८१
images
images
बगरमा फलाएको खरबुजा राजमार्गमा ल्याएर बिक्री, दैनिक राम्रो छ आम्दानी

माघदेखि बगरमा तरबुजा खेतीका लागि तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि तरबुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ।

images
images

बेदकोट- पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन्। छाप्रामा तरबुजा (खरबुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन्।

images
images
images

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ पर्ने वनरा पुल वारिपारी तरबुजा बेच्नेको भीड छ। महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तरबुजा खरिद गर्ने गर्छन्।

images

कृष्णपुर नगरपालिका-२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तरबुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका हुन्। वनरा नदीको बगरमा तरबुजा खेती गर्ने उनी बर्सेनि राजमार्गमा छाप्रो बनाएर तरबुजा बिक्री गर्दै आएका छन्।

images
images

'बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तरबुजा, काक्रा, फर्सी खेती गरेको छुँ। यसैबाट घरखर्च चलेको छ', रामकृष्णले भने, 'दैनिक तीन/चार हजारको बिक्री हुन्छ।'

images
images

उनका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तरबुजा बिक्री गर्ने गरिन्छ। हाल दैनिक १५/२० क्विन्टल तरबुजा बिक्री भइरहेको छ। प्रतिकिलो ५० रूपैयाँका दरले तरबुजा बिक्री हुने गरेको छ। 'गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ। बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ', उनले भने, 'यो सिजनमा राम्रो आम्दानी हुन्छ।'

वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तरबुजा बिक्री गरिरहेका भेटिन्छन्। उनले  वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा तरबुजा खेती गरेका छन्। 'आफ्नो बारीमा तरबुजा पाकेको छैन। अरुबाट ३० रूपैयाँमा प्रतिकिलोग्राम किनेर ५० रूपैयाँमा बेच्दैछौँ', उनले भने, 'केही दिनमा आफ्नै बारीको तरबुजा तयार हुन्छ।'

वनरा पुल क्षेत्रमा तरबुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन्। 'सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे। उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ', सालिकराम भन्छन्, 'अहिले बगरमा भारतीय छैनन्।'

माघदेखि बगरमा तरबुजा खेतीका लागि तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि तरबुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ। 'अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन। ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै तरबुजा बेच्छौँ,' बासपति रानाले भने, 'अरु बेला मजदुरी गरेर घरखर्च जुटाइन्छ।' रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend