मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

खेल पर्यटन प्रवर्द्धन गर्न महभिरमा अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

images
बिहीबार , वैशाख २७ २०८१
images
images
खेल पर्यटन प्रवर्द्धन गर्न महभिरमा अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

images
images

काठमाडौं- खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका-५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ।

images
images

साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

images
images

प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौंमा माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल संघबीच सम्झौता भएको छ। सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र संघका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन्।

images
images
images

पर्यटन विकासको प्रचुर सम्भावना भएको माप्य दूधकोशीले गाउँपालिकाभित्रको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए। उक्त प्रतियोगिताले माप्य दूधकोशीमात्र नभइ सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए।

नेपाल आरोहण खेल संघका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उनले बताए।

संघले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend