मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

महोत्तरीका किसानले चिनी उद्योगबाट पाए उखुको सम्पूर्ण भुक्तानी

images
बिहीबार , वैशाख २७ २०८१
images
images
महोत्तरीका किसानले चिनी उद्योगबाट पाए उखुको सम्पूर्ण भुक्तानी

आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउनु परेको उखु किसानको गुनासो छ।

images
images

महोत्तरी- महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन्। जिल्लाको गौशाला-१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो।

images
images

उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन्। 'यसपालि उखु मिलबाट सबै रकम पाइयो', भंगाहा-४ रामनगरका किसान अरुण गिरी भन्छन्, 'तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौँ।' आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ।

images
images

उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाह भन्छन्, 'यो अवैज्ञानिक छ।' बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्यांकनलाई मूल्य निर्धारणको आधार बनाइन पर्ने उनी बताउँछन्।

images
images
images

अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्यांकनका आधारमा कमसेकम सात सय रूपैयाँ प्रतिक्विण्टल पाउनुपर्ने माग गरेका थिए तर सरकार र उद्योगबीचको सहमतिपछि छ सय १० रूपैयाँ कायम भएको छ।

पाँच सय ४० रूपैयाँ उखुको मूल्यबापत उद्योगले दिने र ७० रूपैयाँ सरकारले अनुदानबापत दिने गरेको छ। किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानबापतको रकम पाउन बाँकी छ।

उखुको भुक्तानी सहज भएपछि पछिल्ला दुई वर्षयता जिल्लामा खेती बढ्दै गएको छ। एकदशकअघि १८ हजार बिघामा उखुखेती हुनेगरेको थियो। उत्पादनको भुक्तानी सहजै प्राप्त हुन थालेपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहले बताए।

एभरेष्ट चिनी उद्योग वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले यसपालि १२ हजार पाँच बिघामा गरिएको उखु उद्योगले खरिद गरेको जानकारी दिए। उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटबाट पनि उखु खरिद गर्दै आएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend