शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सबैभन्दा धेरै लाभांश नविलले दिँदा कम सिभिल बैंकको, अरूको कति?

images
सोमबार, पुस ५ २०७८
images
सबैभन्दा धेरै लाभांश नविलले दिँदा कम सिभिल बैंकको, अरूको कति?

सैबभन्दा बढी लाभांश दिनेमा नविल बैंक र कम दिनमा सिभिल बैंक रहेकाे छ।

images
images

काठमाडौं- सबै वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७/०७८ नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। सोमबार सिभिल बैंकले चार वर्षयताकै सबैभन्दा कम लाभांश घोषणा गरेको छ।

images
images
images

सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत सेयर लाभांश र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो। 

images
images

बैंकले गत वर्ष ८‍.४२ प्रतिशत लाभांश दिएको थियो। बैंकले चारवर्ष यताकै कम लाभांश घोषणा गरेको हो। सिभिल बैंकको लाभांश सबैभन्दा कम हो। लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा नविल ‌बैंक अगाडि रहेको छ। बैंकले ३३.६ प्रतिशत लाभांश र ४.४ प्रतिशत नगद लाभांशसहित ३८ प्रतिशत लाभांश दिएको हो।
 
कृषि विकास बैंकले २१.०५ लाभांश दिने प्रस्ताव गरेको छ। जसमा सेयरधनीलाई २० प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभांश घोषणा गरेको हो। 

images
images

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ। यसैगरी, हिमालयन बैंक लाभांशसहित २६ प्रतिशत,सिद्धार्थले १५ प्रतिशत,ग्लोबलले १३.५ प्रतिशत र नेपाल बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

सानिमा बैंकले१७.८९ प्रतिशत, सिटिजन बैंकले १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत,स्यान्डर्ड चार्टर बैंकले१३.०६ प्रतिशत, नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत र एनएमबी बैंकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने भएको हो। 

यसैगरी, कुमारी बैंकले ८.६७ प्रतिशत,एनआइसी एसिया बैंकले १५.७९ प्रतिशत, बैंक अफ काठमाण्डू लिमिटेडले १४ प्रतिशत,  एभरेष्ट बैंकले १०.३२ प्रतिशत, प्रभु बैंकको  १२ दशमलव ६३ प्रतिशत र मेगा बैंकले १२.०७ प्रतिशत सेयर लाभांश दिने भएको छ।

सनराइज बैंकले ७ प्रतिशत,  प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि १६.६३ प्रतिशत र  लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिने भएको हो।

यस्तै नेपाल एसबिआई बैंकले ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।


प्रकाशित : सोमबार, पुस ५ २०७८१४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend