सोमबार, जेठ ७ गते २०८१    
images
images

अर्थविद् गौचन भन्छन् - अर्थतन्त्रको संरचनात्मक सुधारमा सरकारले ध्यान दिनुपर्छ

images
बिहीबार , वैशाख २७ २०८१
images
images
अर्थविद् गौचन भन्छन् - अर्थतन्त्रको संरचनात्मक सुधारमा सरकारले ध्यान दिनुपर्छ

विद्युतीय सवारीमा दिइएको कर छुट हटाउनुपर्नेमा उनले जोड दिए। प्राथमिकतामा आधारित पूर्वाधार विकासमा ध्यानदिनुपर्ने उनको भनाइ छ।

images
images

काठमाडौं- अर्थविद् विश्वास गौचनले सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यसको संरचनात्मक सुधारमा जोड दिनुपर्ने बताएका छन्। नेपालको प्रमुख समस्या नै संरचनात्मक समस्या भएको उनले बताए।

images
images
images

यस्तै उनले अर्थतन्त्रमा समस्या आउनुको प्रमुख कारण नेपालले जग्गाको मूल्यलाई उत्पादनको साधनका रुपमा उपयोग गर्नु पनि रहेको नेपाल पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा उनले धारणा राखे। जग्गाको मूल्य उच्च भएकाले व्यवसायको लागत पनि निकै उच्च भएको उनको दाबी छ।

images

अर्थतन्त्र सुधार गर्न क्रेडिट नीतिलाई पनि प्रमुख अस्त्रको रुपमा अगाडि बढाएर जानुपर्ने उनको भनाइ छ। मौद्रिक नीतिमार्फत १०/११ प्रतिशतको क्रेडिट ग्रोथ राखेर कर्जा विस्तार गर्दा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनले बताए।

images
images

प्राथमिकतामा आधारित पूर्वाधार विकासमा सरकारले ध्यानदिनुपर्ने पनि अर्थविद् गौचनले बताए।

images
images

आगामी समयमा बजेट घाटा घटाएर जानुपर्ने, पुँजीगत खर्च बढाउनुपर्ने, निजी क्षेत्रको खर्च क्षमताको विकास गर्ने, वैकल्पिक फाइनान्सको विकास गर्नुपर्ने, विदेशी मुद्रा सञ्चिति रहेको वर्तमान सुविधालाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने र ज्ञानमा आधारित अर्थतन्त्र विकासका लागि पुर्वाधार विकासमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

विद्युतीय सवारी साधनमा दिइएको कर छुट हटाउनुपर्नेमा उनले जोड दिएका छन्। यसले विदेशी मुद्रा सञ्चिति घटाउने र सरकारको राजस्वमा कमी ल्याउने भएकाले यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend