सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

नीतिगत हस्तक्षेप कम गर्ने र निजी क्षेत्रको मनोबल बढाउनेगरी आगामी बजेटको तयारी अघि बढेको छ : अर्थसचिव मरासिनी

images
बिहीबार , वैशाख २७ २०८१
images
images
नीतिगत हस्तक्षेप कम गर्ने र निजी क्षेत्रको मनोबल बढाउनेगरी आगामी बजेटको तयारी अघि बढेको छ : अर्थसचिव मरासिनी

आगामी समयमा सरकारले मात्रै धेरै काम गर्नसक्ने अवस्था नरहेकाले निजी क्षेत्रलाई अगाडि लिएर जानुपर्ने अवस्था रहेको अर्थसचिव बताउँछन्।

images
images

काठमाडौं- अर्थसचिव मधुकुमार मरासिनीले निराशालाई आशामा बदल्ने गरी काम गर्ने समय आएको बताएका छन्।

images
images
images

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा अर्थसचिव मरासिनीले पुँजीगत खर्चको पुरानै समस्या बारम्बार दोहोरिरहेकाले फरक तरिकाले सोच्नुपर्ने समय आएको बताए।

images
images

कृषि क्षेत्रमा रुपान्तरण नगरी नेपालमा परिवर्तनको सम्भावना नै नरहेको बताउँदै उनले देशमा जग्गा सधैँ बाझो हुने र कृषिजन्य सामाग्री आयात गरिरहनुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने समय आएको धारणा राखे।

images
images
images

पराम्परागत सोचलाई परिवर्तन गरेर कृषिमा रुपान्तरणका नयाँ सोचको विकास गर्न स्थानीय तहलाई बढी जागरुक बनाउने गरी नीतिहरु ल्याउने गरी काम गर्ने संकेत अर्थसचिव मरासिनीले दिएका छन्। 

यस्तै नीतिमा धेरै हस्तक्षेप गर्न नहुने र नीतिगत निरन्तरता दिनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पार्दै उनले मौद्रिक नीति र वित्त नीतिबीच समन्वय कायम गरेर अगाडि बढ्नुपर्ने बताए।

वास्तविक समस्या पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ। आगामी समयमा सरकारले मात्रै धेरै काम गर्नसक्ने अवस्था नरहेकाले निजी क्षेत्रलाई अगाडि लिएर जानुपर्ने अवस्था रहेको मरासिनी बताउँछन्।

पुँजी मात्रै नभएर प्रविधि तथा ज्ञान पनि भित्र्याउनुपर्नेमा जोड दिँदै उनले प्राइभेट फन्डिङ र प्रत्यक्ष वैदेशिक लगानी ल्याउनैपर्ने बताए। आवश्यक परेको ठाउँमा केही नीतिगत हस्तक्षेप गरेर अगाडि बढे पनि धेरै चलाउनेभन्दा पनि आशा जगाएर अगाडि बढ्ने पक्षमा अर्थ मन्त्रालय रहेको उनको भनाइ छ। 


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend