सोमबार, जेठ ७ गते २०८१    
images
images

'राजस्वको नयाँ स्रोत नभेटिए अर्थतन्त्रलाई जोगाउन कठिन'

images
बिहीबार , वैशाख २७ २०८१
images
images
'राजस्वको नयाँ स्रोत नभेटिए अर्थतन्त्रलाई जोगाउन कठिन'

अर्थतन्त्रका गतिविधिको आयाम धेरै परिवर्तन भएपनि राजस्वको दायरा पुरानै रहेको छ। यही कारणले गर्दा चौतर्फी समस्याका संकेत देखा परेको उनको भनाइ छ।

images
images

काठमाडौं- अर्थशास्त्री प्राडा अच्युत वाग्लेले सरकारले राजस्वका नयाँ स्रोतको पहिचान गर्न नसक्ने हो भने अर्थतन्त्रको जोखिम टार्न कठिन रहेको बताएका छन्। 

images
images
images

आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रि बजेट छलफलमा बोल्दै वाग्लले राजस्वका परम्परागत स्रोतको विस्तारमा ब्रेक लागेको तर नयाँ स्रोतको पहिचान नभएका कारणले गर्दा पछिल्लो समय सरकारी वित्त दबाबमा परेको बताए। 

images

अर्थतन्त्रका गतिविधिको आयाम धेरै परिवर्तन भएपनि राजस्वको दायरा पुरानै रहेको छ। यही कारणले गर्दा चौतर्फी समस्याका संकेत देखा परेको उनको भनाइ छ। 

images
images

पछिल्लो समय बैंकहरूको खराब कर्जा बढिरहेको बताए। आगामी आर्थिक वर्षको बजेट मार्फत सुचना प्रविधि, निर्माण, कृषि लगायतका क्षेत्रमा पराम्परागत हिसावले नभइ वास्तविकरुपमा बजेट निर्माण गर्नुपर्नेमा उनले जोड दिए। 

images
images

मौद्रिक नीति र वित्त नीतिबीच समन्वय, रियल स्टेट र वैकल्पिक लगानीह म्युचल फण्ड, हेजिङ फण्ड लगायत क्षेत्रमा देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिए। सहकारी सहकारी अर्थतन्त्रको तेस्रो खम्बा नभई निजी क्षेत्रको एउटा पाटो मात्रै भएको उनले बताए। संविधानबाट यसलाई तेस्रो खम्बाको रुपमा हटाउनुपर्ने उनले बताए।

न्यून बीजकीकरण कम गर्न सके १.५ खर्ब देखि २ खर्ब बढ्ने उनले बताए। व्यक्तिगत आयकरको दायरा बढाउन उनले जोड दिएका छन। मानिसहरुको जीवनस्तर उकासिए पनि १२ देखि १५ लाख मानिस मात्रै करको दायरामा आएको उनले बताए।


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend