बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजस्व संकलन

images
बुधबार, वैशाख २६ २०८१
images
images
मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजस्व संकलन

चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड बराबरको निर्यात भएको छ।

images
images

झापा- मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजार रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
images

भन्सार अधिकृत रामप्रसाद ढुंगानाले चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार रूपैयाँ बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसमान निर्यात भएको जानकारी दिए।

images
images

उनले अघिल्लो आव २०७९/०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले ऋणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताए।

images
images
images

काँकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरुमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरु, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन्।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा विरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिंकरलगायतका रहेका भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८११६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend