शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

पूर्वी नाकामा भारतीय अवरोध कायमै, विदेशी पर्यटक नेपाल आउन नदिँदा व्यवसाय नै ठप्प

images
बुधबार, वैशाख २६ २०८१
images
images
पूर्वी नाकामा भारतीय अवरोध कायमै, विदेशी पर्यटक नेपाल आउन नदिँदा व्यवसाय नै ठप्प

कोरानाको महामारी समाप्त भएको लामो समय बितिसक्दा पनि भारतले अघोषित रुपमा यसरी पर्यटक आवागमनमा रोक लगाउँदा देशको अर्थतन्त्रमा नै धक्का पुर्‍याएको व्यवसायी बताउँछन्।

images
images

झापा- नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भुटान र भारतबाहेकका नागरिकलाई आवागमनमा रोक लगाउँदा यस क्षेत्रको पर्यटनमा प्रत्यक्ष असर परेको छ।

images
images
images

कोराना महामारी फैलिएछि काँकडभिट्टालगायत देशभरिका नाका बन्द गरिएका थिए। कोरोना महामारीपछि सहज परिस्थिति बन्दा भारतसँगका अन्य नाकाबाट आवागमन सामान्य भए पनि काँकडभिट्टा नाकाबाट आउने पर्यटकको आगमन प्रायः ठप्प छ।

images

अध्यागमन कार्यालयका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार भारतको केन्द्रीय सरकार र पश्चिम बंगाल सरकारबीच तालमेल नमिल्दा यो नाकाबाट पर्यटक आगमनमा रोक लगाइएको छ। 'भारत सरकारले भुटान र भारतबाहेकका नागरिकलाई आवागमनमा रोक लगाउने निर्णय नगरे पनि अघोषित रुपमा रोक लगाएको छ', उनले भने।

images

पूर्वी नाका प्रयोग गरी तेस्रो मुलुक जान नेपाली नागरिकलाई नेपाल सरकारले नै रोक लगाएको अध्यागमन कार्यालयले जनाएको छ। बंगलादेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई भने जान दिइएको अध्यागमनले स्पष्ट पारेको छ।

बंगलादेश, म्यान्मा, फिलिपिन्स, युके, यूएसए, नेदरल्यान्ड, सिंगापुरलगायत देशबाट भारतका विभिन्न ठाउँ घुम्न आएका पर्यटक नेपालको समेत भ्रमण गरेर जाने गरेका र अहिले रोकिएको अध्यागमनका सूचना अधिकारी राजंवशीले बताए।

'काँकडभिट्टासँगै जोडिएको सीमावर्ती पानीट्यांकी अध्यागमनलाई आवागमन प्रक्रिया सहज गरिदिन पटकपटक अनुरोध गर्दा केन्द्र सरकारको निर्देशन भएकाले अहिले भुटानबाहेकका नागरिकलाई आवागमन खुला गर्न सकिँदैन भन्ने जवाफ आउँछ', राजवंशीले भने, 'दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गर्थे, होटल व्यावसायसमेत राम्रो चलेको थियो।'

काकँडभिट्टामा होटल व्यावसाय गर्दै आएका सूर्य शिवाकोटीले कोभिड-१९ को महामारी समाप्त भएको लामो समय बितिसक्दा पनि भारतले विदेशी पर्यटक नेपाल आउन नदिँदा व्यवसाय नै ठप्प भएको बताए।

पर्यटन व्यवसायी भूपाल श्रेष्ठका अनुसार आवागमन सहज बनाउने विषयमा कलकत्तामा पश्चिम बंगाल सरकारका प्रतिनिधिसँग कुरा गर्दा पनि सीमानाकाको विषय हामीलाई थाहा हुँदैन केन्द्र सरकारसँगै कुरा गनुपर्ने प्रतिक्रिया दिएका बताए।

साथै उनले नेपालसँग सीमाना जोडिएका अन्य नाकाहरुमा सहज आवागमन हुँदा काकँडभिट्टामा मात्रै किन रोकिएको यस विषयमा माथिल्लो तहमा वार्ता गरी निष्कर्ष निकाल्नुको विकल्प नभएको बताए।

कोरानाको महामारी समाप्त भएको लामो समय बितिसक्दा पनि भारतले अघोषित रुपमा यसरी पर्यटक आवागमनमा रोक लगाउँदा देशको अर्थतन्त्रमा नै धक्का पुर्‍याएको व्यवसायी बताउँछन्। सरकारले कूटनीतिक तहमा संवाद गरी काकँडभिट्टालगायत अवरोध भएका सबै नाकामा निर्बाध पर्यटक आवागमनको व्यवस्था गर्नुपर्ने सरोकारवालाको माग छ। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८११४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend