शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

सुनचाँदीको मूल्य स्थिर

images
बुधबार, वैशाख २६ २०८१
images
सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा मंगलबार बढेको सुनचाँदीको मूल्य बुधबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- मंगलबार तोलामा ८ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ। 

images
images
images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार चारसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

images
images

बुधबार चाँदीको मूल्य पनि स्थिर छ। मंगलबार प्रतितोला एक हजार ६ सय ७५ रूपैयाँ मूल्य तोकिएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रूपैयाँले बढेको थियो।


प्रकाशित : बुधबार, वैशाख २६ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend