आइतबार, जेठ ६ गते २०८१    
images
images

आगलागी पीडितलाई घर बनाउन सरकारले राहत रकम दिने, कुन जिल्लालाई कति?

images
मंगलबार, वैशाख २५ २०८१
images
images
आगलागी पीडितलाई घर बनाउन सरकारले राहत रकम दिने, कुन जिल्लालाई कति?

घर निर्माण गर्दा संघीय सरकारले महानगरपालिका क्षेत्रमा ५० प्रतिशत, नगरपालिका क्षेत्रमा ५५ प्रतिशत र गाउँपालिका क्षेत्रमा ६० प्रतिशत र प्रदेश सरकारले प्रत्येक क्षेत्रमा ३० प्रतिशत बाँकी रकम सम्बन्धित पालिकाले बेहोर्ने जनाइएको छ।

images
images
विराटनगर- आगलागीमा परेका परिवारलाई संघीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ।
 
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकारले उपलब्ध गराउने राहत रकमबारे जानकारी गराएका हुन्।
 
उनका अनुसार आगलागीमा घर जलेका प्रतिपरिवार हिमाली जिल्लाका लागि पाँच लाख, पहाडी जिल्लाका लागि चार लाख र तराईका जिल्लाका लागि तीन लाख रूपैयाँका दरले जिल्ला दैवी प्रकोप राहत कोषबाट रकम प्रदान गरिनेछ।
 
घर निर्माण गर्दा संघीय सरकारले महानगरपालिका क्षेत्रमा ५० प्रतिशत, नगरपालिका क्षेत्रमा ५५ प्रतिशत र गाउँपालिका क्षेत्रमा ६० प्रतिशत र प्रदेश सरकारले प्रत्येक क्षेत्रमा ३० प्रतिशत बाँकी रकम सम्बन्धित पालिकाले बेहोर्ने जनाइएको छ।
 
आगलागी पीडित परिवारका राहतका निम्ति सम्बन्धित पालिकाले क्षति र मुचुल्कासहितका विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।
 
यसवर्ष मोरङमा आगलागीबाट ज्यान गुमाएका आठ जनालाई जनही दुई लाखका दरले र आगलागीमा परेका ६५ परिवारलाई ५४ लाख ३१ हजारसहित कुल ७० लाख ३१ हजार रूपैयाँ क्षतिपूर्ति दिइसकेको प्रजिअ भट्टराईले जानकारी दिए।
 
त्यसैगरी आगामी मनसुनबाट हुनसक्ने जनधनका क्षति न्यूनीकरण गर्न आवश्यक भौतिक सामग्री पालिकाले समयमै व्यवस्थापन गर्न र तयारीका विषयमा तीन दिनभित्र विवरण उपलब्ध गराउन सबै पालिका प्रमुखलाई प्रजिअ भट्टराईले निर्देशन दिएका छन्।
 
वर्षाका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जोखिमयुक्त क्षेत्रको अनुगमन गर्ने र सोहीअनुसार तयारी गर्ने निर्णय भएको छ। बैठकमा सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, रेडक्रस, पालिकाका प्रमुख, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख २५ २०८१०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend