शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

images
मंगलबार, वैशाख २५ २०८१
images
सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

'बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आबद्धहरुले नै समाधान गर्ने हो। सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो, सरकारले समस्या समाधान गर्ने होइन', सहकारीमन्त्री बलराम अधिकारीले भने।

images
images

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन्।

images
images
images

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आज यहाँ आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्तविपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताए। जुन उद्देश्यका साथ सहकारी स्थापना भएका थिए त्यसको खिलाफमा काम भइरहेको उनको भनाइ छ।

images
images

'सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यताविपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आबद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो, सरकारले समस्या समाधान गर्ने होइन', मन्त्री अधिकारीले भने।

images
images

सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको भनाइ छ। 'शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो भन्ने बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन', मन्त्री अधिकारीले भने। लेखा सुपरीवेक्षण समितिमा पनि खोट रहेको उल्लेख गर्दै उनले अहिलेको समस्या समाधान गर्न अहिलेदेखि नै लाग्न आवश्यक रहेको बताए। 

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे। उनले सहकारी अभियान भुमरीमा परेको बताए।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओढेर बदमासी गर्नेलाई कानूनी कारबाही गरेरै छाड्ने बताए। उनले सहकारीको प्रभावकारी नियमनका लागि यही बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने उल्लेख गर्दै अब सहकारी देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend