शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

काफल बेचेर मनग्य आम्दानी

images
मंगलबार, वैशाख २५ २०८१
images
काफल बेचेर मनग्य आम्दानी

बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ। ग्रामीण भेगका विपन्न बालबालिकाले जंगलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन्। काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ।

images
images

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त छिन्। एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गर्दै आएकी वादीले समयअनुसारका फलफूल बिक्री गर्छिन्।

images
images
images

उनी भन्छिन्, 'अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु। दिनभरी यहीँ चोकमा बसरे बिक्री गर्छु। यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ', उनले भनिन्।

images
images

सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन्। वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्छन्। दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उनी बताउँछिन्। प्रतिमाना एकसय रूपैयाँमा काफल बिक्री गर्ने गरेको वादीले बताइन्।

images
images

गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उनको भनाइ छ। वादीले गतवर्ष काफल बिक्रीबाट ४० हजार रूपैयाँभन्दा बढी आम्दानी गरेको बताइन्।

बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ। विशेष गरेर तुलसीपुर नगरपालिका-१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ। ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ।

काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ। तुलसीपुर नगरपालिका-१ को अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना ५० देखि एक सय रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउँछिन्। काफल बेचेर हालसम्म १५ हजार रूपैयाँ आम्दानी गरेको उनी बताउँछिन्।

यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दै आएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष २५ हजार रूपैयाँ आम्दानी गरिन्। स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा ३० हजार रूपैयाँदेखि ४० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आएकी निमा पुनले बताइन्। उनका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताइन्।

ग्रामीण भेगका विपन्न बालबालिकाले जंगलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन्। यसबाट भएको आम्दानीले उनीहरु कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन्। रासस 


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend