शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

बागमतीमा बैशाख २८ देखि युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

images
मंगलबार, वैशाख २५ २०८१
images
बागमतीमा बैशाख २८ देखि युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको छ। सम्मेलनमा विभिन्न कार्यशाला हुनेछ।

images
images

मनहरी- बागमती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ।

images
images
images

समाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आगामी बैशाख २८, २९ र ३० गते आयोजना गर्न लागेको सम्मेलनको तयारी अन्तिम चरणमा रहेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाईँले जानकारी दिए।

images
images

युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिन लागेको चौँलागाईँले बताए।

images
images

परिषद्ले प्रदेश युवा नीति-२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव संकलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उनको भनाइ छ। युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको छ। सम्मेलनमा विभिन्न कार्यशाला हुनेछ। युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौँलागाईँले जानकारी दिए।

युवा सम्मेलनपश्चात् ‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने चौँलागाईँको भनाइ छ। यस वर्ष प्रदेशका पाँच हजार युवालाई १० वटा क्षेत्रमा एक सयभन्दा माथिको पेसाका सीप सिकाई सीप परीक्षणपश्चात् टेवा पुँजी प्रदान गरिने उनले बताए।

निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ। तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन हुनेछ। तालिमपश्चात् सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने चौँलागाईँले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend