शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हिमालयन डिष्टीलरीको सेयर मूल्य एकैदिन ५६७ रुपैयाँले बढ्यो, किन झुम्मिए लगानीकर्ता?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ५ २०७८
images
हिमालयन डिष्टीलरीको सेयर मूल्य एकैदिन ५६७ रुपैयाँले बढ्यो, किन झुम्मिए लगानीकर्ता?
images
images

काठमाडौं- लाभांश दिने अन्तिम तयारीमा रहेको हिमालयन डिष्टीलरीमा लगानीकर्ता झुम्मिएका छन्। सोमबार १० प्रतिशतले सेयर मूल्य बढेर ६२३७ रुपैयाँमा अन्तिम कारोबार भएको  छ। कम्पनीको एकै दिन सेयर मूल्य ५६७ रुपैयाँले बढेको छ। 

images
images
images

बिहिबार ५६७० रुपैयाँमा कारोबार भएको थियो। ३० हजार ८ सय ७८ कित्ता कारोबार भएको कम्पनीको सोमबार मात्रै १८ करोड ६६ लाख ४१ हजार १ सय ३८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।  गत वर्ष १०० प्रतिशत आकर्षक लाभांश दिएको डिष्टीलरीले यस वर्ष दिन बाँकी छ।

images
images

यसवर्ष पनि गत वर्षकै हाराराहारीमा लाभांश दिन हल्लाले दोस्रो बजारमा कम्पनीको  सेयर कारोबार भएको छ।  एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अहिलेसम्मकै सर्वाधिक ७९३८ रुपैयाँसम्म पुगेको थियो। जब कि यहि अवधिमा कम्पनीको सबैभन्दा कम २३०० रुपैयाँ थियो। 

images
images

गत वर्षको बुलमा १२/१२ सय रुपैयाँबाट ७९३८ रुपैयाँ पुगेको थियो। यस अवधिमा कम्पनीले ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश दियो। बुक क्लोजपछि कम्पनीको सेयर मूल्य करेक्सन भएर ३८७२ रुपैयाँमा झर्‍याे। तर मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य थप आकाशियो।

यसै क्रममा कम्पनीले पहिलो, दोस्रो, तेस्रो र चौथौ त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्दा हरेक त्रैमाशमा मुनाफाको वृद्धि उच्च देखिए पनि लगानीकर्ताको आकर्षण बनेको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पनि कम्पनीको प्रतिसेयर आम्दानी ९७ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। 

चौथो त्रैमासिक अवधिको वित्तीय विवरण हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ रहेको छ। गत वर्ष ५० प्रतिशत बोनस सेयर वितरण पछि चुक्ता पुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ।

चौथो त्रैमासिक अवधिमा एक अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा जगेडा कोषमा भने एक अर्ब १३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष नयाँ प्लान्ट थप गरेर क्षमता बनाए सँगै कम्पनीको आम्दानीमा उल्लेखनिय सुधार आएको हो। यसले गर्दा मुनाफा र लाभांश दिने क्षमता उत्तिकै बनेको छ। 

कम्पनीले अझै प्लान्ट थप गर्ने र त्यसका लागि थप पुँजी आवश्यक पर्ने भएकाले यस वर्ष पनि बोनस सेयर दिने बजारमा हल्ला छ। कम्पनीले ८० प्रतिशत लाभांश दिने त्यसमा बोनस सेयरको हिस्सा धेरै रहने हल्ला चलाएका छन्। कम्पनीको ८० देखि ९० प्रतिशतको विचमा लाभांश दिन सक्ने क्षमता रहेको छ।

कम्पनीले गत वर्ष पनि पुसमा साधारणसभा गरेको थियो। यस वर्ष पनि पुसमै साधारणसभा गर्‍याे भने अबको केही दिनभित्रै कम्पनीले लाभांश घोषण गर्न सक्नेछ।


प्रकाशित : सोमबार, पुस ५ २०७८१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend