बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आईपीओ जारी गरेको पहिलो त्रैमासबाटै संकटमा गएको रिपब्लिक मिडिया निरन्तर घाटामा

मंगलबार, वैशाख २५ २०८१
आईपीओ जारी गरेको पहिलो त्रैमासबाटै संकटमा गएको रिपब्लिक मिडिया निरन्तर घाटामा

काठमाडौं- आईपीओ जारी गरेको पहिलो त्रैमासबाटै घाटाका कारण संकटमा परेको नेपाल रिपब्लिक मिडिया प्रालि निरन्तर खुद घाटामा रहेको देखिएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल रिपब्लिक मिडिया कम्पनी ५२ लाख २६ हजार रुपैयाँ घाटामा गएको छ। अघिल्लो त्रैमासमा यो कम्पनी ४२ लाख ६४ हजार रुपैयाँ घाटामा गएको थियो। 

दोस्रो त्रैमासको तुलनामा रिपब्लिक मिडियाको खुद घाटा करिब १० लाख रुपैयाँले बढेको छ। पहिलो त्रैमासमा १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको रिपब्लिक मिडियाले दोस्रो र तेस्रो त्रैमासमा भने घाटा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद घाटामा गएपछि कम्पनीले निरन्तररुपमा कर बचत गरेर घाटा कम गराउन मद्दत गरेको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिपब्लिक मिडियाले १८ लाख ५२ हजार रुपैयाँ, दोस्रो त्रैमासमा ३५ लाख ३५ हजार रुपैयाँ र तेस्रो त्रैमासमा ४ लाख ५२ हजार रुपैयाँ कर बचत गरेर घाटा कम देखाएको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रिपब्लिक मिडियाले १३ करोड ५७ लाख रुपैयाँ आम्दानी गर्दा ४ करोड ४० लाख रुपैयाँ बिक्री खर्च देखाएको छ। यस अवधिसम्म रिपब्लिक मिडियाले प्रशासनिक खर्चबापत ४ करोड लाख २४ लाख रुपैयाँ, बिक्री तथा वितरण खर्च १० लाख र अन्य १ करोड ९ लाख रुपैयाँ खर्च भएको जनाएको छ। 

यस अवधिसम्ममा कम्पनीले बैंकको ब्याजबापत २ करोड ६७ लाख रुपैयाँ खर्ब गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। तेस्रो त्रैमासमा कम्पनीको ऋण पुँजी अनुपात ०.३५ रहेको छ भने प्रति सेयर आम्दानी ०.५४ रुपैयाँले ऋणात्मक छ। १०० रुपैयाँ प्रतिकित्ता आईपीओ जारी गरेको कम्पनीको नेटवर्थ घटेर ८७.८१ रुपैयाँमा कायम भएको छ। 


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend