शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान

images
मंगलबार, वैशाख २५ २०८१
images
राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान

बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ।

images
images

काठमाडौं- एनआईसी एसिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ वुमन च्याम्पियनसिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ।

images
images
images

२०८१ बैशाख २४ मा ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजना गरी बैंकले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो।

images
images

बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही २५ हजार रूपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो।

images
images

साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८१११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend