काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ भने चाँदी आज प्रतितोला १५ रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार चारसय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ७ सय ५० रूपैयाँ निर्धारण गरिएको छ।
चाँदी आज प्रतितोला एक हजार ६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।