मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

स्वदेशी वस्तुहरुको प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउँछ : अध्यक्ष अग्रवाल

images
मंगलबार, वैशाख २५ २०८१
images
images
स्वदेशी वस्तुहरुको प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउँछ : अध्यक्ष अग्रवाल

'विद्यमान चुनौतीपूर्ण अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउँदै समृद्धिको तीव्र चाहना पूरा गर्नेतर्फ दिशानिर्देश गर्न गम्भीर भएर लाग्नुपर्ने आजको आवश्यकता छ', सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालले भने।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले औद्योगिकीकरणका माध्यमबाट समग्र अर्थतन्त्रको विकास, रोजगारी सिर्जना गर्न लगानी प्रोत्साहन गर्न अपरिहार्य रहेको बताएका छन्। 

images
images

काठमाडौंमा आयोजित मेक इन नेपाल स्वदेशी सम्मेलनमा अध्यक्ष अग्रवालले लगानीलाई प्रोत्साहन गर्न विद्यमान कानूनहरुमा सुधार आवश्यक रहेको बताए। 'हालै सम्पन्न लगानी सम्मेलन नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भन्ने महत्वपूर्ण सन्देश दिन सफल भएको छ', अध्यक्ष अग्रवालले भने, 'सम्मेलन अगाडि सरकारले केही कानूनहरु संशोधन गर्दै नेपाल लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको र सरकार कानूनहरुमा सुधार गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ। यो महत्वपूर्ण छ।'

images
images

अध्यक्ष अग्रवालले स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउने धारणा राखे। आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै हाम्रो उपभोगको शैली पनि स्वदेशी बनाउन जरुरी रहेको उनको भनाइ छ। सरकारी एवं सार्वजनिक संस्थासहित आम उपभोक्तालाई पनि स्वदेशी वस्तु तथा सेवाको उपभोगका लागि अभिप्रेरित गर्न आवश्यक रहेको उनले बताए।

images
images
images

यस्तै उनले चालु आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएता पनि हालसम्म सो व्यवस्था लागु हुन नसकेको बताए। आगामी वर्ष यस व्यवस्थालाई अनिवार्य गरिनुपर्ने उनको भनाइ छ।

साथै भारत सरकारसँग भारतीय गुणस्तर तथा नेपाल गुणस्तर एक अर्कालाई मान्य हुनेगरि सम्झौता वा समझदारीका लागि पहल गर्न समेत उनले आग्रह गरेका छन्। विद्यमान चुनौतीपूर्ण अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउँदै समृद्धिको तीव्र चाहना पूरा गर्नेतर्फ दिशानिर्देश गर्न गम्भीर भएर लाग्नुपर्ने आजको आवश्यकता रहेको भन्दै अध्यक्ष अग्रवालले आगामी बजेटको स्पष्ट कार्यदिशा पनि यही हुनुपर्ने धारणासमेत राखे।

निजी क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना तथा सञ्चालन गर्न अनुमति दिन आग्रह गर्दै आइरहेको उल्लेख गर्दै उनले औद्योगिक क्षेत्रका लागि बाटो, ढल, बिजुली, पानीलगायत आवश्यक पूर्वाधारको पहुँचका साथै सो क्षेत्रमा सञ्चालनमा आउने उद्योगहरूले प्राप्त गर्ने थप सुविधा तथा सहुलियतहरूको सुनिश्चितता सरकारले गर्नुपर्ने बताए।

सीएनआई अध्यक्ष अग्रवालका अनुसार स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने मुख्य लक्ष्यका साथ अगाडि बढिरहेको ‘मेक इन नेपाल-स्वदेशी’ अभियानमा १ सय ३५ स्वदेशी उद्योगहरु आबद्ध भइसकेका छन्। 


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend