मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता, आकाशे पानी पुनःभरण हुने गरी काम गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २४ २०८१
images
images
खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता, आकाशे पानी पुनःभरण हुने गरी काम गरिने

खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर क्षेत्रमा फैलिएको छ। आगामी जेठ मसान्तभित्र काम सकिने छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ। काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आज सोमबारदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ। 

images
images

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरे।

images
images

यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग यही बैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यसै सहमतिका आधारमा बैशाख २३ गते विभागले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो।

images
images
images

कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु मञ्च पुगेका थिए। 

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, 'नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्‍यौँ। त्यसको भोलिपल्टैबाट काम थालिएको छ। हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ।'

नेपाल पूर्वाधार निर्माण कम्पनी विसं २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले भने, 'कम्पनीका लागि यो एउटा अवसर पनि हो। यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ।'

खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ। सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ। यसपछि बर्षाको पानी भेल भएर बग्दैन। जमिनमुनि प्रवेश गर्ने गरी काम अघि बढाइएको जनाइएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २४ २०८११५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend