शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

क्युआर कोर्ड पेमेन्टसँगै डिडिटल पेमेन्टको कारोबार रकम घट्दो

images
सोमबार, पुस ५ २०७८
images
क्युआर कोर्ड पेमेन्टसँगै डिडिटल पेमेन्टको कारोबार रकम घट्दो

पछिल्लो महिना क्युआर कोर्ड पेमेन्ट रमकमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा ५ अर्ब ३६ करोड २० लाख रुपैयाँ क्युआर कोर्डबाट पेमेन्ट भएको छ।

images
images

काठमाडौं- पछिल्लो महिना क्युआर कोर्ड पेमेन्ट रमकमा कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा ५ अर्ब ३६ करोड २० लाख रुपैयाँ क्युआर कोर्डबाट पेमेन्ट भएको छ।

images
images
images

असोज महिनामा क्युआर कोर्ड मार्फतको पेमेन्ट रकम ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ थियो।पेमेन्टसँगै क्युआर कोर्डमार्फत हुने ट्रान्जेक्सन संख्यामा पनि १ लाख २८ हजारले घटेको छ।

images
images

असोजमा १५ लाख १५ हजार ३ सय २९ वटा ट्रान्जेक्सन भएको थियो भने यो संख्या कात्तिकमा १३ लाख ८७ हजार ५ सय ८४ मा झरेको हो।

images
images

वालेट कारोबार पनि घट्यो

राष्ट्र बैंकका अनुसार असोज महिनाको तुलनामा कात्तिक महिनामा वालेट कारोबार रकम पनि घटेको छ। असोज महिनामा १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ वालेटबाट कारोबार भएको थियो।

कात्तिकमा यो रकम घटेर १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँमा झरेको छ। यसैगरी वालेट ट्रान्जेक्स संख्यामा पनि  गिरावट आएको छ।

असोजमा  महिनामा कुल १ करोड ३५ लाख ६५ हजार ५४ वटा वालेट ट्रान्जेक्सन थियो। यो संख्या कात्तिकमा घटेर १ करोड ३० लाख ३० हजार ८ सय ५६ मा सिमित भएको छ।

यसैगरी मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फतको टान्जेक्सन तथा कारोबार रकम समेत घटेको छ। क्रेटिड कार्ड, डेबिट कार्ड, आइफिएस, आइफिएस कनेक्ट, ईसिसि लगायत सबै माध्यमबाट हुने कारोबार रकममा कमी आएको छ।


प्रकाशित : सोमबार, पुस ५ २०७८११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend