शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा देखिएन राम्रो संकेत, विश्लेषक भन्छन्- यही अवस्थामा तलमाथि हुन्छ, आत्तिनु पर्दैन

images
सोमबार, पुस ५ २०७८
images
सेयर बजारमा देखिएन राम्रो संकेत, विश्लेषक भन्छन्- यही अवस्थामा तलमाथि हुन्छ, आत्तिनु पर्दैन
images
images

काठमाडौं- सातामा कारोबारको पहिलो दिन नै सेयर बजारमा गिरावट आएको छ। आइतबार कारोबार बन्द रहेको बजार सोमबार १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको हो। 

images
images
images

नेप्से परिसूचक गएको भदौ २ गते ३१९९ अंकमा पुगेपछि तल झर्न थालेको थियो। जुन कहिले घट्ने बढ्ने हुँदै बजार अहिले २३५८.८१ बिन्दुमा पुगेको हो। सोमबार ५४ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

गएको केही सातादेखि नै बजारले कुन बाटो समातेको हो भन्ने यकीन हुन सकेको छैन। अझै पनि विश्लेषकहरूले भने बुल नसकिएको बताउँदै आउने गरेका छन्। तर तथ्य र इतिहासले त्यस्तो देखाउँदैन। भदौ ३ गते कारोबार सुरु हुँदा ३२२७ अंकमा पुगेको भए पनि बन्द हुँदा भदाै २ गतेकाे अ‌ंकबाट ३१९९ भन्दा तल झरेको थियो। 

images
images

लगातार नेप्से परिसूचक घट्न थालेपछि सेयर बजार वियरिस ट्रेण्डमा जान लागेको संकेत पनि देखिएको छ। नेपालमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। राष्ट्र बैंकको नीतिले पनि सेयर बजार प्रभावित हुँदै आएको छ। पछिल्लो समय पार्टीका नेताहरूले गैरजिम्मेवार अभिव्यक्तिले पनि समस्या हुने गरेको छ। लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञान नभएको विषयमा विज्ञता देखाउँदै कार्यकर्ता प्रशिक्षण शैलीमा सेयर बजारबारे बोलिदिँदा गएको साताभर सेयर बजार तरङ्‍‍गित भइरह्यो। यो साताको कारोबारको पहिलो दिन पनि बजारले राम्रो संकेत गरेको छैन। राजनीतिक भाषणबाजीसँगै तरलता अभावका कारण पनि सेयर बजारमा असर परिरहेको छ। 

'तरलता अभावको समस्या सम्बोधन हुँदै जाने आशा गरिए पनि दिनप्रतिदिन झन बढ्दै छ। यसको समस्या समाधान हुने भनेको राजनीतिक तवरबाट नै हो', विश्लेषक विष्णु बस्याल भन्छन्, 'तर अब बजार जसरी पनि बढ्ने हो। बुलिस ट्रेण्ड सकिएको छैन। तर बढनुभन्दा पहिले ड्यामेज कति गर्छ भने विषय ठूलो हो।'  

सेयर बजारमा यो साता पनि ठूलो उत्तरचढाव नआउने विश्लेषकहरू बताउँछन्। केही दिन बजार थोरै अंक कहिले माथि र कहिले तल रहने विश्लेषकहरूको दाबी छ। अहिलेको अवस्थामा नै सेयर बजार तलमाथि गरिरहने र केही समयमा उकालो यात्रामा लाग्ने उनीहरूको भनाइ छ। 

'किन बजार यसरी घटेको छ भन्नेमा धेरै मानिस चकित छन्। बजार घट्ने ठाउँ नै छैन। लगानीकर्ता डराउनु पर्ने अवस्था छैन। राम्रो कम्पनीमा लगानी गर्ने हो भने डराउनु पर्ने अवस्था हुँदै होइन' विश्लेषक छोटेलाल रौनियारले भने, 'केही तल नै गएर बजार घट्दैमा डराएर बेच्नपर्ने अवस्था होइन। घाटामा गएको छ भने रिकभर गर्ने गरी लगानी गर्ने नै हो।'


प्रकाशित : सोमबार, पुस ५ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend