काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भइ १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ। आइतबार छापवाला सुन तोलामा १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुन तोलामा १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ। आइतबार तेजाबी सुन तोलामा १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदी मूल्य तोलामा १ हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको छ। आइतबार चाँदी तोलामा १ लाख ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।