मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने, कहाँ कहिले काटिँदैछ लाइन?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २४ २०८१
images
images
शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने, कहाँ कहिले काटिँदैछ लाइन?

सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र, मंगलबार गोठाटार फिडर (जोरपार्टी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युतीय वितरण आउने शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ।

images
images

उक्त वितरण केन्द्रहरुमा विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न सुरु गरिएकाले हिजो आइतबारदेखि विद्युत् लाइन अवरुद्ध भएको र शुक्रबारसम्म अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

images
images

आइतबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो।

images
images
images

सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र, मंगलबार गोठाटार फिडर (जोरपार्टी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ। 

यसैगरी बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्रमा अवरुद्ध हुनेछ। 

शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। 


प्रकाशित : सोमबार, वैशाख २४ २०८११०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend